भक्तपुर– युरेनियमजस्तै देखिने पदार्थसहित २ जना पक्राउ परेका छन् । भक्तपुर प्रहरीले युरेनियमजस्तो देखिने पदार्थसहित बिहीबार २ जनालाई पक्राउ गरेको हो ।प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले भक्तपुर नगरपालिका–४ गपली टुरिजम मार्केटबाट उक्त पदार्थ बरामद गरेको हो ।पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डुका ४१ वर्षीय बाबुकृष्ण खड्का र बाजुरा छेडदह गाउँपालिका–२ का २९ वर्षीय हिक्मत थापा छन् । उनीहरुको साथबाट युरेनियमजस्तो देखिने पदार्थ ३ ग्राम बरामद गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाले बताइन् ।उनका अनुसार युरेनियम नै हो भन्ने पुष्टि भएको छैन । यसअघि २८ फागुनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बौद्धबाट २ केजी ९ सय ग्राम युरेनियमसहित ४ जनालाई पक्राउ गरेको थियो । तर उक्त युरेनियम भएनभएको प्रमाणित भएको छैन्।
युरेनियमजस्तै देखिने पदार्थसहित २ जना पक्राउ
सवालनेपालसंवाददाताशुक्रबार, ५ चैत २०७७

युरेनियमजस्तै देखिने पदार्थसहित २ जना पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



