निर्देशक दीपाश्री निरौलाले फागू पूर्णिमा नजिकै आउँदै गर्दा यस सम्बन्धी गीत सार्वजनिक गरेकी छिन् । ‘धनियाँ के होली’ बोलको गीतमा दीपा र सुमित खड्काको स्वर छ । निरज श्रेष्ठको संगीत रहेको यो गीतमा दीप नारायण राजवंशीको शब्द छ ।

सार्वजनिक गीतको भिडियोमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरीको अभिनय छ । दीपाश्रीकै निर्देशनमा तयार भएको यो भिडियोमा हरि हुमागाँइको छायांकन, विपिन मल्लको सम्पादन, शिशिर खातीको कोरियोग्राफी छ । गीतको भिडियोलाई दर्शकले रुचाएका छन् ।

https://youtu.be/9T-LgBMqx3M

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय