दमक/झापा दमकका दूइ उदयमान युवा ब्यवसायि अमित अग्रवाल र खेम सापकोटाले दमकमा नयाँ ढङ्गले सेवा दिने उदेश्यले आकर्षक रुपमा एबिसी(ABC) मोवाइ क्याफे सञ्चालनमा ल्याएकाछन् ।
पछिल्लो समयमा मोवाइलमा उपभोक्ताहर ठगिदै आएको गुनासो आइरहेकाबेला गुणस्तरिय सबै प्रकारका मोवाइल र मोवाइलका सामानहरु बिक्रि गर्ने उदेश्यले क्याफे सञ्चालनमा ल्याईएको सञ्चालक मध्येका एक खेम सापकोटाले बताएकाछन् । 
उनका अनुसार गुणस्तरमा कुनै पनि सम्झौता नगरि उपभोक्ताहरुलाइ सेवा प्रदान गर्ने उदेश्य रहेको छ । यसैगरि अर्का सञ्चालक अमित अग्रवालले नाफा कमाउने भन्दा पनि बढि गुणस्तरिय सेवा प्रदान गरि यस क्षेत्रका उपभोक्ताको मन जित्ने सोचले यो ब्यवसाय गरिएको बताए । अग्रवाल ब्यवसायिक क्षेत्रमा चिनिएका युवा हुन् ।
नेपालमा पाइने अधिकाँश ब्राण्डका मोवाइल र यसका सामाग्रिहरु आफूहरुले सुपथ मूल्यमा उपभोक्तालाइ उपलब्ध गराउने उनको भनाइ छ । सापकोटा र अग्रवालले कुनै पनि उपभोक्ताहरु यहाँबाट नठगिने जनाए । अग्रवाल इलोक्ट्रोनिक्स क्षेत्रको ब्यापारमा र सापकोटा मोवाइलको क्षेत्रमा लामो समयदेखि दमकमा चिनिएका युवा हुन् ।
सोमबार बिहान दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले मोवाइल क्याफेको उद्घाटन गरेका थिए । उक्त उद्घाटन कार्यक्रममा बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा र दितिय उपाध्यक्ष यूवराज घिमिरे लगायतको उपस्थिति थियो ।



