साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । चैत ८ गते, आइतबार सुन तोलामा ५०० रुपैयाँले बढेको छ ।

यस दिन छापावाला सुन प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदीको व्यवसायी महासंघको तथ्यांकमा उल्लेख छ । आज तेजाबी सुन प्रतितोला ८६ हजार ७५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अघिल्लो साताको अन्तिम कारोबार दिन सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला ८६ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

यसैगरी चाँदीको भाउ पनि आइतबार वृद्धि भएको छ । यस दिन चाँदी पाँच रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार २८० रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार भने चाँदी तोलामा १५ रुपैयाँले प्रतितोला एक हजार २७५ रुपैयाँमा तोकिएको थियो ।