के तपाई कुनै काम गर्दै हुनुहुन्छ वा गर्ने सोचाइमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने दिन, बार, नक्षत्र र राशी सबै मिलाएर काम गर्दा तपाईले सफलता प्राप्त गर्न सक्नुहुने छ । शास्त्र अनुसार तपाईको खानपान, हिडडूल, कामको शुरुवात लगायतका विषयहरुमा तपाईले बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ। आइतबारको दिन ज्योतिष शास्त्रका अनुसार केही महत्वपूर्ण कार्य गर्नाले जिवनमा सफलता पाउने उल्लेख गरिएको छ ।
आइतबारका दिन यी कामहरु गर्दा राम्रो मानिन्छ ।
-राज्याभिषेक गर्दा
-मन्त्र–उपदेश लिँदा
-गीत संगितकाे सुरूवात गर्दा
-राजसेवा लिँदा
-औषधी निर्माण गर्दा
-गाईगोरुकाे किनबेच
-हवन गर्दा
-सुन, तामा, उनी, बस्त्र आदि किनबेच गर्ने रातो बस्तुको कारोबार गर्दा राम्रो मानिन्छ ।



