सरयु नदी अफगानिस्तानको हो भनी कोशाम्बी प्रवचनमा डाक्टर राजेश कोच्चरले दिल्लीमा भनेका अथवा दुई दशकभन्दा पहिलेको पुस्तकमा अर्का वरिष्ठ विद्वान् डाक्टर द्वारिकाप्रसाद मिश्रले वैदिक नदी सरस्वती नै पामीर पर्वतबाट चीनतिर बग्ने हरैहवेती हो भनी लेखमा पढ्ने नेपालीहरू विभिन्न प्रकारले चकित भएका वा केहीले सारै चित्त दुखाएका पनि होलान् । वैदिक वा तिनका पछि प्राचीन तर सभ्य हुन थालेका आर्यजनलाई कसरी हेर्ने कसरी बुझ्ने भन्ने प्रश्नबारे तिनै वैदिक आर्यका पछिल्ला र आजसम्मका सन्ततिको अति ठूलो जनसङ्ख्यामा प्रष्टता रहेन ।

वैज्ञानिक शास्त्रीय तुलनात्मक सामाजिक अध्ययनको पद्धतिले यो संसारमा विकास गरेको केही शताब्दी मात्र भएको छ । आर्यजनले आफ्नो वैदिक समाजलाई आफ्ना समयका अपेक्षाकृत साधनविहीन, विचार-विनिमयविहीन, अध्ययन र शोधकार्यमा सहायता पुर्‍याउने मुद्रण- सञ्चारसाधन, व्यवस्थित प्रकारका लेखनसाधन र पुस्तकालयरहित अवस्थामा पनि ध्यानमा राखेर अध्ययन गर्न प्राय: मध्यवैदिक कालदेखि नै र उत्तरवैदिक कालपछि त निश्चित तवरमा थालेका थिए । हिमालयको तराई मैदानमा कृष्णद्वैपायन ‘व्यास’ ले पौराणिक शब्दावलीअनुसार द्वापरयुगको अन्त्यतिर (आधुनिक शोधकर्ताले त्यो समयलाई विक्रमपूर्व १४००-१००० तिर राखेका छन्) आश्रम स्थापित गरी पैल, जैमिनी, वैशम्पायन, सुमन्तु-सुत (रोमहर्षण) असित, देवल र आफ्ना छोरा शुक गरी आठ वरिष्ठतम विद्वान्को समूहद्वारा इतिहास र त्यस बेला उपलब्ध ज्ञानविज्ञानसम्बन्धी अध्ययन र शोधकार्य गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah