पछिल्लो समय युवाहरु वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यमशीलतामा रमाउन थालेका छन् । मेचीनगर नगरपालिका–१० का ४१ वर्षीय विजय नेपाल त्यस्तै युवामध्येका एक हुन्, जसले खाडी मुलुक युएईको दुबईमा सात वर्ष बसेर फर्केपछि बाख्रापालन व्यवसाय गरिरहनुभएको छ ।उहाँको ‘नेपाल कृषि फार्म’मा यतिबेला सय हाराहारीमा बोयर जातका बाख्रा हुर्किरहेका छन् । बाख्रापालनमा उहाँले रु एक करोड लगानी गरेमध्ये आधाचाहिँ वैदेशिक रोजगारीमा हुँदाको आर्जन नै हो । दश बिघा जमिन लिजमा लिएर दुई वर्षदेखि सञ्चालित फार्ममा छिटो हुर्किने बोयर प्रजातिका बाख्राको पाठापाठी उत्पादन गरी बेचिँदै आएको छ । उहाँको फार्ममा हाल १९ माउ बोयर जातका बाख्रा, २० माउ सानन जातका, १६ वटा बोयर खसी र ४० बढी पाठापाठी छन् । एउटा बीउ बोका पनि पालिएको छ । अष्ट्रेलियाबाट किनेर ल्याइएको बोयर बोकाको दाम रु पाँच लाख परेको छ ।

आफ्नै देशमा केही गर्छु भन्ने अठोटका साथ दुबईबाट घर फर्किएपछि उहाँले घरेलु कार्यालयमा फार्म दर्ता गरेर शुरुमा बङ्गुर र ब्रोइलर कुखुरा पाल्नुभएको थियो । मेचीनगर–१० स्थित आफ्नै जग्गामा उहाँको बङ्गुर फार्म थियो । आम्दानी पनि राम्रै हुन थालेको थियो तर बस्ती बालिँक्दै गएपछि गाउँभित्र बङ्गुर फार्म सञ्चालन गर्न अप्ठ्यारो भयो । त्यसपछि बङ्गुर र कुखुरा फार्म बेचेको पूँजीसहित उहाँले मेचीनगर नगरपालिका–१४ मा १० वर्षका लागि जग्गा लिजमा लिएर बाख्रा फार्म सञ्चालन गर्न थाल्नुभयो । फार्ममा बाख्रालाई बस्न र घाँस खानका लागि आधुनिक खोर बनाइएको छ भने खोर बाहिर लहरे तरकारी खेती र बाख्राका लागि आवश्यक घाँसखेती गरिएको छ ।

यहाँ उत्पादित बोयरका पाठापाठी प्रतिकेजी रु दुई हजार ५०० दरले जिउँदै बिक्री हुने गरेको छ । उहाँका अनुसार बोयर जातका बाख्रा अष्ट्रेलियन प्रजातिका भएको हुनाले यसका पाठापाठी किन्न किसान टाढादेखि आउने गरेका छन् । बोयर बाख्राको घाँटीमा खैरा रङको घेरो हुन्छ । बोयर बाख्रा दुई वर्षमा तीनपटक ब्याउने र सानन वर्षमा दुईपटक ब्याउने गरेको उहाँले जानकारी दिनुभयो । तीन महिनामा पाठा झण्डै ४० केजीको हुने र बेच्न योग्य हुने उहाँको भनाइ छ । दैनिक ती बाख्रालाई १८० लिटर पानी र ३० केजीको हाराहारीमा पौष्टिक आहार खुवाउने गरिएको छ ।

पछिल्लो समय आधुनिक र उन्नत जातको बाख्रापालन फस्टाउँदै गएकाले बजारको समस्या छैन । पाठा हुर्कन नपाउँदै किन्न आउनेको लाइन हुन्छ । उहाँले बोका भए तीन महिनामा प्रतिगोटा रु एक लाख २० हजारदेखि रु एक लाख ५० हजारसम्म र पाठी भए रु एक लाखसम्ममा बिक्री हुने बताउनुभयो ।यस व्यवसायबाट सन्तुष्ट उहाँले पाँच वर्षभित्रमा २०० बोयर बाख्राको माउ पालेर बीउ उत्पादन केन्द्रका रूपमा फार्मलाई विकसित गर्ने बताउनुभयो । “हालसम्म कसैसँग एक पैसा पनि सहयोग र अनुदान लिएको छैन”, उहाँले भन्नुभयो, “आफ्नै पौरख र बैंकबाट ऋण लिएर झण्डै रु एक करोड खर्च गरेर फार्म सञ्चालन गरेको छु ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah