ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। फागुन २१ गतेदेखि निष्काशनमा ल्याएको कम्पनीको शेयर शुक्रबार बाँडफाँट भएको हो।

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कम्पनीको आईपीओमा कुल १८ लाख ४२ हजार ४८० आवेदन गरेको थियो। त्यसमध्ये १७ लाख ९७ हजार ८३५ आवेदन स्वीकृत भएका छन् भने ४४ हजार ६४५ वटा आवेदन रद्द भएका छन् । याेग्य आवेदन मध्ये १२ लाख ३ हजार ८३५ जनाको हात खालि भएका छन्।

कम्पनीले फागुन २१ गते देखि २६ गते जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्याएको थियो।