स्कुल जीवनमा तपाईंले पनि आफ्नो हेन्डराइटिङ (अक्षर) सुधार्न भनेर थुप्रै पटक शिक्षकको ‘गाली’ खानुभएको होला। स्कुले जीवन वितेको धेरैपछि पनि तपाईलाई यो कुरा याद होला।तर के तपाईंले ध्यान दिनुभएको थियो कि तपाईको टिचरले तपाईलाई ‘अक्षर सुधार्न’ भन्नुभएको थियो, कहिल्यै पनि ‘अक्षर बदल्न’ भनेर भन्नुभएन् ! यसको सीधा कारण यो हो कि हामी प्राकृतिक चीजलाई पूर्णरुपमा बदल्न सक्दैनौं।ज्योतिषशास्त्र र समुद्रशास्त्रमा पनि मानिसको स्वभासँग जोडिएका कैयौं कुराको उल्लेख गरेको पाइन्छ। जसमध्येको एक हो व्यक्तिको अक्षर (हेन्डराइटिङ) बारे। व्यक्तिको हेन्डराइटिङबाटै उसको स्वभावबारे धेरैथोक जान्न सकिने शास्त्रमा उल्लेख छ।

दुई फरक अवस्थामा हेन्डराइटिङ
तपाईले पनि देख्नुभएको होला अथवा महसुस गर्नुभएको होला, जब कुनै व्यक्ति समस्यामा हुन्छ वा धेरै सोचिरहेको हुन्छ भने त्यसको असर उसले लेखिरहेका अक्षरमा पनि पर्छ।स्वाभाविक लेखाइ र कुनै खास मौकामा लेख्नु, यो दुवै अलग कुरा हो। जस्तै परीक्षाका बेला धेरै छिटो (हतारमा) लेख्नु र अन्य सामान्य अवस्थामा लेख्नुमा पक्कै पनि अन्तर हुन्छ।

छोटो–छोटो लेखाइ
विशेषज्ञहरुको भनाइमा जुन व्यक्तिको लेखाइ (अक्षर) धेरै छोटो हुन्छ उनीहरु पढाईमा धेरै तेज हुन्छन्। साथै उनीहरु कुशल, एकाग्र र लजालु स्वभावका हुन्छन्।

 ठूला अक्षर बनाउनु
जुन व्यक्तिले लेख्दा ठूला अक्षर बनाउँछन् उनीहरु स्वभामा अत्यन्तै मिलनसार हुन्छन्। साथै उनीहरु प्रेमका लागि भट्किरहेका हुन्छन्। यसका अतिरिक्त ठूला अक्षर बनाउने व्यक्ति घुम–फिरका पनि सौकिन हुन्छन्।

मध्यमखाले लेखाइ
जुन व्यक्तिले लेख्दा न त धेरै ठूला न त धेरै साना (मध्यमखाले) अक्षर बनाउँछन् उनीहरु हरेक स्थितिलाई खेप्न सक्ने खालका हुन्छन्। जस्तोसुकै परिस्थितिमा पनि आफूलाई एडजस्ट गर्न सक्नु उनीहरुको मुख्य विशेषता हो। यस्ता व्यक्तिको न त धेरै अपेक्षा हुन्छ, न त गुनासो नै।

हरेक अक्षरपछि ग्याप (खाली ठाउँ)
यस्ता पनि धेरै व्यक्ति हुन्छन्, जो लेख्दाखेरी हरेक अक्षरको बीचमा थोरै खाली ठाउँ (ग्याप) राख्छन्। यसरी लेख्ने व्यक्ति आफ्नो जिन्दगीमा स्वतन्त्रता चाहन्छन्। यस्ता व्यक्ति कुनै पनि प्रकारको बन्धनमा रहन चाहँदैनन्। यस्ता व्यक्तिलाई भीड मन पर्दैन।

अक्षरको बीच अलिकति पनि खाली ठाउँ नराख्ने
जो व्यक्ति लेख्नेबेला अक्षरको बीचमा अलिकति पनि खाली ठाउँ राख्दैनन् उनीहरु एक्लै रहन डराउँछन्। यस्ता व्यक्ति कुनै पनि ठाउँमा एक्लै उभिन सक्दैनन्। यस्ता व्यक्तिलाई मानिसको भीड भएको ठाउँ मनपर्छ। साथै यस्ता व्यक्ति जिन्दगीमा अरुको मद्दतको धेरै अपेक्षा गर्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah