काठमाडाैं – मध्य प्रदेशमा बिहेको बहानामा बेहुलामाथि ठगी हुने गरेको एक अनौठो घटना बाहिरिएको छ।भाेपालमा बिहेको बहानामा ठगी हुने गरेको रहस्य बाहिरिएको हो। भोपालको कोलार इलाकामा सञ्चालित सगुन जन कल्याण समिति विपन्न केटीहरूको विभिन्न क्षेत्रमा पर्चा बाँड्ने गर्छ।त्यहाँ मानिसहरू केटी हेर्न आउँदा २० हजार लिने गरिन्छ। त्यसपछि बिहेको मिति तय गरिन्थ्यो। मध्य प्रदेशका सातजनालाई मार्च २५ गतेको मिति दिइएको थियो।अलग-अलग ठाउँबाट सातजना बेहुला बनेर आए। सबै सगुनको अफिसमा सातै बेहुला जन्तीसहित पुगेका थिए। यो नै यिनिहरूको ससुराली थियो।बिहेभन्दा पहिले सबैलाई केटी देखाइएको थियो। जन्तीसहित पुगेका बेहुलाहरूले ससुराली घरमा ताला लगाएको देखे। उनीहरूले त्यहाँका अधिकारीहरूलाई घन्टाैंसम्म फोन गर्ने कोसिस गरिरहे। तर, सबैका फोन अफ थिए।त्यसपछि दुलाहासहित परिवारका मानिस उजुरी दर्ता गर्न पुलिस स्टेसन पुगे।बिहीबार सबैभन्दा अन्तिममा केशव बघेल बिहेसहित त्यहाँ पुगेका थिए। उनी घन्टौंसम्म यताउती भौँतारिए। र, उनी पनि प्रहरीकोमा उजुरी दिन पुगे।

प्रहरीले उनी मात्रै नभएर उनी जस्तै सात दुलाहा पहिले नै स्टेसन पुगेको बतायो।ठगी गर्नका लागि संस्थाका मानिसले मध्य प्रदेशका विभिन्न जिल्लामा पर्चा बाँड्थे। उनीहरूले आर्थिक अवस्था कमजोर भएका केटीहरूको बिहे गराइदिने जनाउँथे।पर्चामा एउटा नम्बर पनि हुन्थ्यो। त्यो नम्बरमा कल गर्दा रोशनी तिवारी नामकी महिलासँग कुरा हुन्थ्यो। उनले कुरा हुने मानिसलाई भोपालको कोलारमा रहेको विनित कुन्जस्थित अफिसमा बोलाउँथिन्। केशव पनि २०२१ जनवरीमा त्यहाँ पुगेका थिए। यस दौरान उनलाई २५ वर्षकी केटीलाई देखाइएको थियो। र, २० हजार लिएर उनको बिहेको मिति तय गरिएको थियो।प्रहरी अधिकारीका अनुसार यस काममा रिन्कु, कुलदीप र रोशनी तिवारी संलग्न थिए। उनीहरूलाई केही अन्य मानिसले पनि सहयोग गरिरहेको खुलेको छ।उनीहरूले यो कामका लागि गरिब परिवारका केटी खोजेर राम्रो घरको केटासँग विवाह गराउने आश्वासन दिन्थे। २० हजार रूपैयाँ लिइसकेपछि उनीहरू सम्पर्कविहीन हुने गरेका थिए। रोशनीले आमा बन्दै ठग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। बिहेका लागि आउने केटाकेटी सही हुने भए पनि आमा नक्कली हुने गरेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah