नियाँ अभिनेत्री काओ लिउले नाकको प्लास्टिक सर्जरी गर्दा टुप्पो नै हराएर भूताहा देखिएको छ । उनको सर्जरी गर्ने चिकित्सकलाई ६ महिनाका लागि निलम्बन गरिएको छ अनि अस्पतालालई ४९ हजार युआन जरिवाना तिराइएको छ ।

गत अक्टोबर महिनामा काओले क्वाङ्चोस्थित प्लास्टिक सर्जरी अस्पतालमा नाकको सर्जरी गराएकी थिइन् । सर्जरी सफल भएन र उनको नाकमा घरिघरि संक्रमण भइरह्यो अनि टुप्पो नै झर्‍यो ।

‘पछि मैले थाहा पाएँ, त्यो प्लास्टिक सर्जरी अस्पताललाई नाकको सर्जरी गर्ने अनुमति नै रहेनछ,’ काओले फेब्रुअरी महिनामा वीबो अकाउन्टमा लेखिन् ।

काओको अनुभवले प्लास्टिक सर्जरीको सुरक्षाका विषयमा चिनियाँहरूमाझ बहस निम्त्याएको छ ।

अस्पताल र चिकित्सकलाई दिइएको सजाय कम भएको भन्दै चिनियाँ नागरिकले असन्तुष्टि व्यक्त गरेका छन् । प्लास्टिक सर्जरी उद्योगलाई चेतावनी दिन तथा यस्ता घटना नदोहोरिऊन् भन्नका लागि कठोर सजाय दिइनुपर्ने उनीहरूको राय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah