रुरु जलविद्युत परियोजना लिमिटेडको निष्कासन गरेको आईपीओमा पहिलो दिनमै झन्डै १२ गुणा बढी आवेदन आएको छ ।

शुक्रबार देखि साधारण शेयर जारी गरेको कम्पनीको शेयरमा पहिलो दिनमा नै सर्वसाधारणबाट माग भएको कित्ताको तुलनामा ११.९८ गुणा बढी आवेदन परेको छ ।

शुक्रबार साँझ ५ बजेसम्ममा २ लाख ९३ हजार ९७६ वटा आवेदन मार्फत ५४ करोड ५१ लाख ७ हजार २०० रुपैयाँ बराबरको ४५ लाख ४२ हजार ५६० कित्ताको शेयर माग भएको हो ।

कम्पनीले आज शुक्रबार देखि सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको हो ।

कम्पनीले कुल निष्काशित शेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीहरुलाई लागि सुरक्षित गरि ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन माग गरिएको थियो ।

आईपीओमा लगानीकर्ताले सिडिएससीको मेरो शेयर मोबाइल एप र वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट चैत २४ गते मंगलबारसम्म आवेदन दिन सक्नेछन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय