सन्दकपुर गाउँपालिकास्थित माइपोखरीकी सलिना राईको सोख चित्रकार बन्ने हो । सानो उमेरबाटै फाट्टफुट्ट चित्र कोर्ने गर्नुभएकी उहाँले अहिले त राम्रै तस्बीर बनाउनुहुन्छ । उहाँ जिल्लामा मात्र होइन, राजधानीसम्म पुगेर पनि चित्र कोर्नुभएको छ । उहाँको सपना उत्कृष्ठ तस्बीर बनाउने र सबैमाझ चिनिने हो । उहाँ चित्रकलामै भविष्य खोज्दै हुनुहुन्छ ।चित्रकार बन्नकै लागि उहाँले धेरै सङ्घर्ष गर्नुभयो । अझै गर्दै पनि हुनुहुन्छ । विद्यालय होस् वा अरू कतै प्रतियोगितामा कहिल्यै द्वितीय भएन उहाँका चित्र । सधैँ प्रथम भएकैले गर्दा उहाँलाई जीविकोपार्जनको स्रोत चित्रकला बनाउन मन लाग्यो । उमेरसँगै चित्रका गुणस्तर पनि बढ्दै गए, अनि गुणस्तरसँगै माग पनि उच्च बन्दै गयो । परिवारको हौसला, अग्रज चित्रकारको उत्प्रेरणा र आफ्नै मेहनतले उहाँका चित्रमा निखारता त आउँदै गयो । अर्थोपार्जन सोचेजस्तो भएन । गाउँको बसाइँ । पूर्णरूपमा चित्रकलामा खट्न नपाइने । यसैले चित्रकलाको पेशा सङ्कटमा पर्दै गयो । उहाँले सोचे जस्तो भएन । कक्षा ५ देखि चित्र सिकेकी उहाँ कक्षा ८ पुग्दासम्म घरपरिवारमा आँखामा चित्रकारको छवि बनाइसक्नुभएको थियो । विद्यालयको अध्यायन सकेर केही समय उहाँले कला सेन्टरमा चित्र बनाउन सिक्नुभयो ।

यसपछिका मेहनतले उहाँको चित्रकला प्रतिको मोह यति बढ्यो कि उहाँले यो पेशाको विकल्प खोज्नै सक्नुभएन । विभिन्न प्रदर्शनीमा चित्र प्रदर्शन गरेर हौसला पनि बढ्यो । सबैले चित्र कोरेको हेर्दै उहाँको चित्रको प्रशंसा पनि गरे तर आर्थिक पाटो भने कहिल्यै सुध्रेन ।
कलेजस्तरको पढाइ शुरु भयो तब यी सबै कुरा बाहिर निस्किए । उहाँलाई सोख पूरा गर्न आर्थिक पाटो सुध्रिन जरुरी छ भन्ने झन् लाग्दै गयो । यतिकैमा उहाँले एक दिन युट््युबमा कागजबाट विभिन्न किसिमका सामग्री बनाएको देख्नुभयो । चित्रकलाकी पारखी उहाँलाई हस्तकला (हेण्डिग्राफ)मा पनि आकर्षण बढ््यो । निरन्तर खटेर उहाँले हेण्डिग्राफ बनाउन थाल्नुभयो । शुरुमा चित बुझ्दो नबने पनि समायान्तरमा सोचेझैँ हुन थाल्यो । पछिल्लो समय उहाँले चित्रकला जोगाउनका लागि पनि हस्तकला बनाउन परेको छ । “हेण्डिग्राफ चाहीँ धेरैले किनेर नै लानुहुन्छ । केही कमाइ पनि हुन्छ ।” उहाँ भन्नुहुन्छ,“कला सम्मानित पेशा हो । तर, बाँच्न गाह्रो हुँदो रहेछ ।”

उहाँले एकै ठाउँमा चित्रकला र हस्तकलाका ८७ प्रकारका कलालाई प्रदर्शनीसमेत गर्नुभएको छ । ती सामग्री बनाउन खर्चिलो पनि छ । अहिले उहाँ स्नातकस्तरको अध्ययनमा हुनुहुन्छ । पढाइपश्चात काठमाडौँ पसेर चित्रकलामा होमिने उहाँको विचार छ । अनेक रङ एकै ठाउँमा मिलाएर उहाँ चित्र कोर्नुहुन्छ ।
अनि अनेक बहुरङ्गी कागज गाँसेर हस्तकलाका सामग्री । तर, यो पेशाले उहाँका जीवनमा कुन रङ कोर्ने हो पत्तो छैन । उहाँ सङ्घर्र्षरत हुनुहुन्छ । चाहे अनेक रङ मिलाएर चित्र कोर्न होस् वा कागज गाँसेर कागजी सामग्री बनाउन । कुनै काम सहज छैन । “एउटै चित्र बनाउन तीन÷चार दिन लाग्छ । धैर्य भएर काम गरिएन भने त पूरा हुँदैन ।” उहाँ भन्नुहुन्छ,“कागजका सामग्री बनाउन पनि उस्तै गाह्रो । पहिले काटो अनि जोडो । त्यसपछि सुन्दरताका लागि कागज मिलाउनुपर्छ ।” यति दुःख गर्दा पनि कलाको मर्म नबुझ्दा चाहीँ उहाँलाई विरक्त लाग्छ । अधिकांश मान्छेमा चित्रको ज्ञान नहुनु, अनि प्रशस्त मात्रामा चित्रकला पढाइ हुने विद्यालय पनि नहुनु । यिनै समस्याले चित्रकलामा बाँच्न गाह्रो भएको उहाँको दुःखेसो छ ।

पढाइपछि चित्रकलाकै रहर

विर्तामोडको कोहेड कलेजमा कक्षा १२ मा अध्ययनरत पुजन चापागाइँ सदा अध्ययनमै व्यस्त रहनुहुन्छ । इलामको माइजोगमाई गाउँपालिकास्थित सोयाङका उहाँ यतिको व्यस्त रहँदा पनि अनवरत चित्र कोर्नुहुन्छ । सानै उमेरदेखि चित्रकार बन्ने रहर थियो । कोरोना महामारी उहाँका लागि अवसर बनेर आयो । उहाँ बन्दाबन्दी शुरुआत भएको पाँच दिनअघि नै घर आउनुभएको हो । घरमै मात्र बस्नुपर्ने भएपछि शुरुआती समयमा त उहाँलाई पनि बन्दाबन्दी हैरानै लाग्यो । त्यतिकैमा उहाँलाई रहर लागेको चित्रकलाको सम्झना आयो । उहाँले शुरुमा त समयको सदुपयोगका लागि केही चित्र कोर्नु भयो । बनाउँदै जाँदा कही चित्र हेर्न लायक पनि भए ।परिवारले हौसला बढेपछि भने उहाँले दिनदिनै चित्र कोर्दै जानुभयो । उहाँको चित्रको सङ्ख्या बढ्दै जाँदा चित्रमा निखारता पनि बढ्दै गयो । अहिले त उहाँको लामो समय चित्र बनाउँदै जान्छ । उहाँले शुरुमा घरपरिवारकै चित्र बनाए पनि पछिल्लो समय भने अरूको पनि बनाउँदै जानुभयो । अहिले त उहाँले बनाएका सबै चित्र ‘एक से एक’ छन् । “अरूले पनि चित्र आफ्नो चित्र बनाउन आग्रह गर्नुहुन्छ” उहाँ भन्नुहुन्छ,“लकडाउनले मलाई चित्र बनाउन सक्ने बनायो । लकडाउन थिएन भने सायद चित्र कोर्ने हुने थिइन होला । ”उहाँले पेन्सिल मात्रै प्रयोग गरेर चित्र कोर्दा पनि दुरुस्तै बनाउनुहुन्छ ।

“अहिले चित्रमा निखारता ल्याउन पेन्सिलले मात्र कोर्ने गरेको छु”उहाँ भन्नुहुन्छ,“अरू चिजको प्रयोग गर्दा चित्रको अर्गानिकपन आउँदैन ।” आफ्नो रहरको विषय भएकाले पनि दुःख गरेर चित्र उतार्न रमाइलो लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ । उहाँ घरपरिवार (बहिनीहरू, हजुरबा, हजुरआमा), साथीभाइ र आफूले मन पर्ने चित्र कोर्ने गरेको बताउनुहुन्छ । लामो समय निरन्तर खटेर गर्नुपर्ने भए पनि चित्रकलामा भविष्य नभएको उहाँको गुनासो छ ।
सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका सुमन निरौला(भारद्वाज)को पीडा पनि पुजनकै जस्तो छ । इलामकै महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्नातक चौंथो वर्ष अध्ययन गर्दै रहनुभएका सुमन पनि कोरोनाले देश बन्दाबन्दीमा गएपछि घर जानुपर्ने भयो । शहरमा जस्तो ‘कडा’ बन्दाबन्दी गाउँमा नभए पनि उहाँले फाट्टफुट्ट बाहिर हिँड्न बाहेक घरमै बिताउनु प¥यो ।

उहाँले पनि पुजनले जस्तै आफूलाई अल्छी लागेको समयमा पेन्सिलले चित्र कोर्न थाल्नुभयो । सानैदेखि रहरको विषय रहेको चित्रकलामा उहाँले दिनानुदिन परिश्रम खन्याउँदै जानु भयो । परिश्रम खन्याएसँगै चित्र पनि अब्बल अब्बल बन्दै गए । परिवार र साथीभाइको चित्रसमेत बनाउँदै गएपछि धेरैले उहाँका चित्र मन पराउन थाले ।निरन्तर चित्र बनाएपछि उहाँले पनि दुरुस्तै चित्र कोर्न सक्ने बन्नुभयो । अहिले त उहाँलाई चित्र बनाइ दिनभन्दै दैनिक ३÷४ कल फोन नै आउँछन् । “धेरैले चित्र बनाइदेउ घरमा सजाएर राख्छु भन्दै फोन गर्नुहुन्छ” उहाँ भन्नुहुन्छ,“साह्रै खुशी लाग्छ । यस्तो भन्दा ।” उहाँका अनुसार एउटै चित्र बनाउन लगातार तीन चार घण्टा खट्नुपर्छ । सोखकै कारण अहिले सुमन घरका सबैका भ्याएर दुई देखि तीन घण्टा चित्रकलालाई समय छुट्याउनुहुन्छ । “धेरै र राम्रा चित्र बनाए भविष्य त होला । तर, हुँदै दुःख गर्नुपर्छ” राज्यले चित्रकलाको सम्मान गर्दै बाँच्ने आधार बनाए आफू यही क्षेत्रमा लाग्ने योजनामा बनाउँदै गरेको सुमन सुनाउनुहुन्छ । (खोजी समाचार )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah