सपना अवचेतन मनमा दबेका कुराकै प्रक्षेपण हो । जागरणका बेलामा पनि गहिरो निद्रामा पनि सपना आउँदैन । सपना आउनुमा खानपान र रोगव्याधिको पनि भूमिका हुन्छ । यसमा ग्रह र राशि पनि जिम्मेवार हुन्छन् । वायु र जलतत्त्वका राशि भएकालाई बढी सपना आउँछ ।

सबै सपनाका अर्थ हुँदैनन् । धेरैजसो सपना निरर्थक हुन्छन् । धेरैजसो सपना मनको विचारबाट उत्पन्न हुन्छन् । यस्ता सपनाले वर्तमान वा भविष्यमा कुनै प्रभाव पार्दैनन् वा पारे पनि न्यूनतम प्रभाव हुन्छ ।

कुनै कुनै सपना चेतावनीस्वरूप वा सूचना दिनका लागि आउँछन् । यिनै सपना महत्त्वपूर्ण हुन्छन् । यस्ता सपनाले भविष्यका विषयमा सचेत गराउँछन् र शुभ अशुभ घटनाको सूचना दिन्छन् । बिहानीपख वा अचानक आउने सपना सत्य हुन्छन् ।

कमलको फूल, हात्ती, बाँदर, हाँस वा गाई सपनामा देखिएमा शुभ मानिन्छ । यस्ता सपनाहरूले धनसम्पत्ति तथा सन्तानको वरदान दिन्छन् । सपनामा कमलको फूल देखिएमा वा कुनै फल देखिएमा दैवी गुण भएको सन्तान प्राप्त हुने लक्षण हो । सपनामा सर्प देखिएमा तपाईं अप्ठ्यारोमा पर्ने अवस्था आउन सक्छ ।

सपनामा कोही व्यक्ति मरेको देखिएमा त्यस व्यक्तिमाथि आएको संकट टरेको लक्षण हो । व्यक्तिको आयु बढेको संकेत यसबाट पाइन्छ । तर पहिले नै मरेका मानिस सपनामा आए भने मरेको मानिसको इच्छा अतृप्त रहेको वा कुनै प्रमुख घटनाको आभास पाइएको अर्थ लाग्छ ।

सपनामा कुनै व्यक्ति वा आफैं दुर्घटनामा परेको देखिएमा सावधान हुनुपर्छ । कुनै उत्सव वा पार्टीमा गएको सपना आएमा बिरामी हुने लक्षण हो ।

सपनामा आफूले वा अरू कसैले पूजापाठ गरेको देखिएमा कुनै ठूलै लाभ हुने लक्षण हो । विशेषगरी जागिरमा लाभ हुन सक्छ ।

सपनामा गहनागुरिया देखियो भने बिरामी हुने लक्षण हो । कि तपाईं बिरामी हुनुहुनेछ कि तपाईंको जागिर जान सक्छ ।

सपनामा सेतो कुरा देख्नुभयो भने जीवनमा कुनै ठूलै परिवर्तनको संकेत हो । यस्तो सपनाले कुनै ठूलो समस्याबाट मुक्ति दिलाउन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah