
काठमाडौं । आन्तरिक राजस्व विभागले चैत्र मसान्तसम्म करदातालाई आयकरको दोस्रो किस्ता बुझाउन निर्देशन दिएको छ । मंगलबार एक सूचना जारी गर्दै विभागले उक्त जानकारी दिएको हो । साथै कर नबुझाए शुल्क, जरिवाना तथा ब्याज लाग्ने पनि बताएको छ ।
आर्थिक वर्ष २०७७र७८ को आयकरको दोस्रो किस्ताबापतको अनुमानित करको ७० प्रतिशत रकममध्ये तिर्न बाँकी रकम र यसअघि पेश गरिएको अनुमानित आय विवरण संशोधन चैतसम्म गर्नुपर्ने विभागको सूचनामा उल्लेख गरिएको छ । विभागले सम्बन्धित ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालयहरूमा समेत पत्राचार गरेको छ ।