जब दुनियाँ कोरोना महामारीका कारण निम्तिएको विनाससँग जुधिरहेका बेला थुप्रै अर्बपतिहरु उदाइरहेका थिए ।

फोर्ब्स म्यागजिनले मंगलबार जारी गरेको संसारका सर्वाधिक धनाढ्यको वार्षीक सूचीमा उनीहरुलाई समावेश गरिएको छ ।

यो सूचीले हामीलाई जानकारी दिन्छ कि टेस्लाका मालिक एलन मस्क कति तीब्र गतिमा सफलताको सिँढीमा चढिरहेका छन् र किम कार्दाशियांले पनि यो सूचीमा आफ्नो स्थान बनाएकी छिन् ।

फोर्ब्स म्यागजिनका एडिटर ए डोलान भन्छन्, ‘महामारीका बावजुद संसारका सर्वाधिक धनाढ्यका लागि यो वर्ष एक रेकर्डजस्तै रह्यो । यतिबेला उनीहरुको सम्पत्तिमा पाँच खर्ब डलरको वृद्धि भयो र नयाँ अर्बपतिको संख्यामा अभूतपूर्व वृद्धि देखियो ।’

संसारभरीका २७५५ मानिसहरुलाई यो सूचीमा समावेश गरिएको छ र यसका केही विशेष कुरा यसप्रकार छन् ।

फोर्ब्स सूचीका विशेष कुराः

– फोर्ब्सको वार्षीक सूचीमा एक अर्ब डलरभन्दा बढी सम्पत्ति हुने व्यक्तिको संख्यामा अत्यधिक वृद्धि भएको छ ।

– सन् २०२१ मा २७५५ मानिसहरु यो सूचीमा स्थान बनाउन सफल भए जुन अघिल्लो वर्षको संख्यामा ६ सय बढी थियो ।

– सूचीमा स्थान पाउने सबै मानिसहरुको पूरा सम्पत्तिलाई मिसाउने हो भने १३.१ ट्रिलियन अमेरिकी डलर बराबर बन्छ । सन् २०२० को सूचीभन्दा यो ८ खर्ब डलर बढी हो ।

– यीमध्ये ८६ प्रतिशत मानिसहरुले कोरोना महामारीका बेला आफ्नो आर्थिक हैसियत उकासेका छन् ।

– फोर्ब्स म्यागजिनले सन् २०२१ को सूचीमा ४९३ नयाँ नाम जोडिएको छ । अर्थात् प्रत्येक १७ घण्टामा एक नयाँ अर्बपति ।

– यी नयाँ मानिसहरुमा २१० चीनका छन् जबकी ९८ अमेरिकाका हुन् ।

एलन मस्कको आश्चर्यचकित सफलताः

अमेजनका संस्थापक जेफ बेजोस लगातार चार वर्षदेखि संसारका सबैभन्दा धनाढ्य व्यक्तिको ओहदामा छन् । उनको कूल सम्पत्ति १७७ अर्ब डलर छ ।

तर यो सूचीको दोस्रो स्थानमा ठूलो परिवर्तन दर्ता गरिएको छ । एलन मस्क अघिल्लो वर्ष फोर्ब्सको सूचीमा ३१ औं नम्बरबाट दोस्रो स्थानमा पुगेका छन् ।

अघिल्लो वर्षको सूचीमा फोर्ब्सले अन्दाज लगाएको थियो कि उनको सम्पत्ति २४.६ अर्ब डलरको छ । यो वर्ष यो बढेर १५१ भएको छ ।

फोर्ब्सका एडिटर भन्छन्, ‘यसको प्रमुख कारण उनको कम्पनी टेस्लाको सेयरमा ७०५ प्रतिशतको वृद्धि ।’

फ्रेन्च व्यापारी बर्नार्ड एरनल्ट एण्ड फेमिली यो सूचीमा तेस्रो स्थानमा छन् । चौथो नम्बरमा माइक्रोसफ्टका बिल गेट्स र पाँचौं नम्बरमा फेसबुकका मार्क जुकरबर्ग छन् ।

किम कार्दाशियांको प्रवेशः

फोर्ब्सको सूचीमा पहिलो महिला १७ औं स्थानमा छिन् । उनी हुन् वालमार्टका संस्थापकका एक्ली छोरी एलिस वाल्टन ।

उनीपछि २२ औं स्थानमा दोस्री महिला हुन् । उनी हुन् जेफ बेजोसकी पूर्व श्रीमती म्याकेन्जी स्कट ।

यो सूचीमा जुन नामले सबैलाई आकर्षित गरेको छ, ती हुन् किम कार्दाशियां वेस्ट ।

फोर्ब्सको अनुमान अनुसार उनको कूल सम्पत्ति एक अर्ब डलरभन्दा बढी छ । अघिल्लो वर्ष अक्टोबरमा किमसँग ७८० मिलियन डलरको सम्पत्ति थियो ।

म्यागजिनक अनुसार उनको लगानी, अन्य सम्झौता र टेलिभिजनमार्फत् हुने आम्दानीले उनलाई यो स्थान दिलाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर