
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीका आइपिओ भोलि (शुक्रबार २७) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलको आफ्नै कार्यालयमा आइपिओ बाँडफाँड हुनेछ । सिंगटी हाइड्रोको आइपिओमा मागभन्दा बढी आवेदन परेको छ । १६ लाख ३५ हजार ५३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।
कुल २९ लाख कित्ता आइपिओ निष्कासन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो । मागभन्दा अत्यधिक बढी आवेदन परेपछि पौने १४ लाख आवेदकको हात खाली भएको छ ।
सर्वसाधारणलाई खुलाएको २६ लाख ९४ हजार कित्तालाई आधार मान्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन । सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको आइपिओ निष्काशन गरेको थियो ।
फेसबुकमा तपाईको प्रतिक्रिया