आजकल बालबालिकामा मोबाइल–मोह बढेको छ । साना बालबालिकामा समेत फेसबुक चलाउने, गेम खेल्ने, विभिन्न अनावश्यक वेबसाइट हेर्ने लत लागेकाले अभिभावक चिन्तित हुन थालेका छन् । अहिलेका बालबालिकाविद्यालयबाट घर फर्किने अनि बाबुआमाको मोबाइल माग्ने, यदि नदिएमा रिसाएर होमवर्क नै नगर्ने, खाना पनि नखाइदिने कुलत नै बसेको छ ।विद्यालयबाट आयो ड्रेस फे-यो, ब्याग एकातिर फ्याँक्यो अनि खाजा पनि नखाई कम्प्युटर अथवा बाबुआमाको मोबाइल चलाउन थालिहाल्ने प्रवृत्ति बढ्दो छ । यसले गर्दा अनावश्यकरुपमा प्रविधिको दुरुपयोग भइरहेको छ । अर्कोतिर मोबाइल–मोहले बालबालिका अझ बढी बिग्रिने सम्भावना उत्तिकै बढिरहेको छ । यसमा अभिभावक चनाखो हुनुपर्ने देखिन्छ । साथै राज्य संयन्त्रको समेत ध्यान जानु जरुरी छ ।बालबालिकाहरु बाबुआमाले भनेको मान्न छाडे । समयमै सरकारले बालबालिकालाई फेसबुकलगायतका सामाजिक सञ्जाल चलाउन रोक लगाउनुपर्ने देखिन्छ ।उनीहरुलाई मोबाइल चलाउन प्रतिबन्ध नलगाए भविष्यमा मुलुकलाई नै ठूलो असर पर्ने देखिन्छ । यसका लागि स्कुलले पनि केही उपाय अवलम्बन गर्नुपर्ने हुन्छ ।

१० वर्षसम्मका बालबालिकालाई मोबाइल अनि फेसबुकलगायतका साइटहरु चलाउन बन्देज लगाउन हरउपाय गर्न जरुरी भइसकेको छ ।१० वर्ष उमेरसम्मका बालबालिकाको जन झन्डै ५० लाखको हाराहारीमा होला । यो संख्याका बालबालिका सबै बिग्रिए भनेमुलुकको अवस्था दयनीय बन्नेछ । त्यसैले समयमै ध्यान जानु जरुरी छ ।अहिले फेसबुक चलाउने, गेम खेल्ने, एप्सलगायत डाउनलोड गरेर अश्लील सामग्री हर्ने बालबालिकाको संख्या बढेको प्रायः सबै अभिभावकले महसुस गरेको अवस्था छ । बालबालिकालाई गलत कुरा हेर्न नदिने जिम्मेवारी विद्यालय र अभिभावकको समेत भएकाले यस्तो विषयमा यी सबै सचेत हुनुपर्छ । यसमा अभिभावकको ठूलो कमजोरी देखिन्छ । हामीले बच्चामा सभ्यता सिकाउनै छोडिसकेका छौं । बाबुआमाले बच्चालाई ‘तपाईं, स्योस्’ जस्ता शब्द प्रयोग गर्ने तर बच्चाले चाहिँ बाबुआमालाई ‘तँ’ भन्ने गरेको सुनिन्छ । त्यसैले यसमा मुख्य दोष अभिभावकको नै हो भन्दा फरक नपर्ला । उनीहरुले आफ्ना बालबालिकालाई निस्फिक्री छोडिदिनाले समस्या देखिएको हो ।सानैदेखि जे भन्छन् त्यही पु¥याइदिने गर्नाले बालबालिकामा मोबाइलको लत बसेकोमा दुई मत छैन । त्यसैले यो समस्या निराकरणका लागि अभिभावकसहित राज्य पनि गम्भीर हुनै पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर