झापा — झापामा बितेका ९ महिनाको अवधीमा पाँच सय दशवटा दुर्घटनामा परि ७४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले उपलब्ध गराएको तथ्याङ्क अनुसार पुस र माघ महिनामा सबैभन्दा बढी दुर्घटनामा भएको पाईएको छ । दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि पुस र माघमा बढी रहेको तथ्याङ्कले देखाउछ । पुस महिनामा मात्र जिल्लाका विभिन्न स्थानमा एक सय एकवटा सवारी दुर्घटना भएका छन् भने १७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै माघ महिनामा भएका ९२ वटा दुर्घटनामा परी १६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जबेगूका अनुसार बाक्लो हुस्सुका कारण पुस र माघ महिनामा दुर्घटनाको ग्राफ उच्च देखिएको हो । प्रहरीको तथ्याङ्क अनुसार दुर्घटनामा परी मृत्यु हुने मध्ये सबैभन्दा धेरै पुरुष छन् । तथ्याङ्क अनुसार पछिल्लो नौ महिनामा ६० जना पुरुषले दुर्घटनामा ज्यान गुमाएका छन् भने नौ महिला र पाँच बालकले ज्यान गुमाए । जिल्लाको विभिन्न स्थानमा साउनमा भएका २४ वटा दुर्घटनामा तीन पुरुष, भदौमा २३ वटा दुर्घटना, असोजमा १५ दुर्घटनामा एक महिला, एक पुरुष, कात्तिकमा ३३ वटा दुर्घटनामा पाँच पुरुष, मंसीरमा ४७ वटा दुर्घटनामा नौ पुरुष र दुई बालकसहित ११ जनाले ज्यान गुमाए । त्यस्तै पुसमा १२ पुरुषसहित तीन महिला र दुई बालकले एक सय एउटा दुर्घटनामा परी ज्यान गुमाए । माघमा भएका ९२ वटा दुर्घटनामध्ये १३ पुरुष, दुई महिला र एक बालकले ज्यान गुमाएका छन् । फागुनमा ९२ वटै दुर्घटनामा नौ पुरुष र एक महिला गरी दश जनाले ज्यान गुमाए भने चैतमा २३ वटा दुर्घटना हुँदा ८ पुरुष र दुई महिलासहित दश जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा झापाको तथ्याङ्कमा उल्लेख छ ।
झापामा ९ महिनामै पाँच सय १० वटा दुर्घटना, ७४ जनाको मृत्यु
सवालनेपालसंवाददाताशुक्रबार, ३ वैशाख २०७८

झापामा ९ महिनामै पाँच सय १० वटा दुर्घटना, ७४ जनाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



