दमक/ पूर्वपश्चिम राजमार्ग अन्तर्गत ईटहरी ६ हिरा होटल मोडमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ५ ख ११११ नम्बरको बसले बिपरित दिशामा जाँदै गरेको को ३३ प २५४० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक बिरेन्द्र चौधरी गम्भिर घाइते भएका थिए । उनको धरानमा उपचारको क्रममा गएराती ( शनिबार) करिब ८ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । त्यसैगरी शिवसताक्षी ८ स्थित भित्रि सडक खण्डमा दक्षिणवाट उत्तर तर्फ आउदै गरेको बा.३८ प. ५९३६ को मोटरसाइकल आफै अनियन्त्रित भई भएको दुर्घटनामा एकै परिवारका चार जना घाईते भएका छन । मोटरसाइकल चालक इटहरी उपमनपा ६ का ३५ बर्षिय जगत राई , श्रीमती ३ बर्षिया कमला राई , ७ बर्षिय निर्जल राई र ४ बर्षिय सोघन राई घाईते भएका हुन । उनीहरुको विर्तासिटी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।
सवारी दुर्घटना – इटहरीमा एकको मृत्यु, शिवसताक्षीमा एकै परिवारका चार घाईते
सवालनेपालसंवाददाताआइतबार, ५ वैशाख २०७८

सवारी दुर्घटना – इटहरीमा एकको मृत्यु, शिवसताक्षीमा एकै परिवारका चार घाईते
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



