५ वैशाख, काठमाडौँ । प्रहरीले अवैध रुपमा अन्तराष्ट्रिय कल बाईपास (भिओआइपी) चलाएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ३१ वर्षीय भारतीय नागरिक राना शाह र अर्को बंगलादेश मूलका नेपाली नागरिकताधारी स्यामुल खान भन्ने मोसलिम मियाँ अन्सारी रहेका छन् ।उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सिबीआई) ले काठमाडौको चन्द्रागिरी नगरपालिका, वडा नं २, बसण्डोल स्थित श्याम कृष्ण श्रेष्ठको घरबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ६४ पोर्टको जिओआइपी गेटवे, निलो रङको डेल कम्पनीको ल्‍यापटप र चार्जर, टेलिटक लेखिएको सेतो मोडियम, टीपी लिंकको डेस्कटप स्विच, निलो रङको रेडमी नोट ६ प्रो मोबाइल, लाभाको एआरसी १०७ मोडलको मोबाइल र पेन ड्राइभ बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

Share to ViberShare to Messenger