सिरहा – बोक्सीको आरोपमा महिलालाई कुटपिट गरी यातना दिने युवक पक्राउ परेका छन् ।प्रहरीका अनुसार औरही गाउँपालिका–५ की ५० वर्षीय हिरादेवी साहलाई बोक्सीको आरोपमा कुटपिट गरी जबर्जस्ती मलमूत्र कोच्याएको आरोपमा २९ वर्षीय घुरन साह पक्राउ परेका हुन् जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सुदिप राजभण्डारीका अनुसार बोक्सी भन्दै कुटपीट गरेको आरोपमा पीडितकै भतिजलाई पक्राउ गरिएको हो । घटनाको विषयमा उजुरी नआएका कारण पीडित महिलालाई जिल्लामा ल्याउने प्रयास भइरहेको एसपी राजभण्डारीले बताए ।

पीडित हिरादेवीले गाईलाई टुना गरेर मारेको आरोपमा जेठाजुका छोरा र बुहारीले कुटपिट गर्दै मानव मलमूत्र खुवाएका आरोप लगाएकी छन् । भतिज घुरनले कुटपिट गर्दै भुइँमा लडाएपछि बुहारीहरू कौशिला, निशा र कविताले जबर्जस्ती मानव मलमूत्र मुखमा कोचेको उनले बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड