नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएकाले उच्च सतर्कतासहित निरन्तर सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले सोमवार सूचना जारी गर्दै संक्रमण तीव्र बढेकाले स्वास्थ्य मापदण्ड पालना गरी कारोबार गर्न निर्देशन दिएको हो।
नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिम कम गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ।

सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था गर्नसमेत निर्देशन दिइएको छ। बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने सेवा यथा सम्भव विद्युतीय माध्यमबाट गर्न तथा गराउनुपर्ने समेत केन्द्रीय बैंकका भनाइ छ।
बैंकहरूले एटिएम बुथहरूबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर तथां टिस्यु पेपरको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।

बैंकहरूले गर्ने बैठक, गोष्ठी, सेमिनार, तालीम जस्ता कार्यक्रमहरूमा भौतिक दूरी सुनिश्चित गर्ने तथा सम्भव भएसम्म भर्चुअल गर्न भनिएको छ। आवश्यकताका आधारमा रिमोट एक्सेस, वर्क फ्रमहोम, सिफ्टअनुसार काम गर्नेलगायतका उपाय अवलम्बन गर्न पनि राष्ट्र बैंकको सुझाव छ ।
-नेपाललाईब बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah