हाल चलनचल्तीमा रहेका कतारी रियाल नोटहरुलाई २७ वैशाखभित्र सटही गरिसक्न नेपाल राष्ट्र ब्यांकले सूचना जारी गरेको छ।कतारको केन्द्रीय ब्यांकले चलनचल्तीमा रहेका ब्यांक नोटहरु १ जुलाई (१७ असार) बाट नचल्ने निर्णय गरेका कारण नेपालमा २७ वैशाखसम्म मात्रै कतारी रियाललाई सटही गरिने राष्ट्र ब्यांकले जनाएको हो। कतारको केन्द्रीय ब्यांकले चौथो संस्करणका कतारी रियाल ब्यांक नोटहरु चलनचल्तीबाट हटाएर नयाँ नोट जारी गर्न लागेको छ।

नेपाल राष्ट्र ब्यांकको ब्यांकिङ विभाग, प्रादेशिक कार्यालय, विदेशी विनिमयको कारोबार गर्ने ब्यांक तथा वित्तीय संस्था तथा मनी चेन्जरहरुबाट तोकिएको मितिभन्दा अगाडि कतारी रियाल सटही गर्न सकिनेछ। तर, सो मितिभन्दा पछाडि सटही गर्न बाध्य नहुने राष्ट्र ब्यांकको सूचनामा उल्लेख छ।नेपालका लाखौं कामदार वैदेशिक रोजगारीका लागि कतार गएका कारण नेपाल फर्किँदा उनीहरुले कतारी नोट ल्याएर राखेको हुनसक्ने आकलन छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah