राप्रपाका तर्फबाट इटहरी उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका रोहित कार्की सुनसरी जिल्लामा परिचित नाम हो । ०२४ सालमा सुनसरीको खनारमा बसोबास गरिरहेका कार्कीले ०२६ मा इन्टरमिडेट गरेका हुन् । ०३२ सालमा तत्कालीन खनार गाउँ पञ्चायतको सचिव भई नेपाल सरकारको कर्मचारी भई सेवा कार्यमा संलग्न कार्की सामाजिक तथा राजनीतिक कार्यमा खुलेर सक्रिय हुने उद्देश्यका साथ ०४२ सालमा जागिरबाट अवकास लिई राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । राजनीतिक यात्रा सुरु गर्नेबितिकै तत्कालीन खनार गाउँ पञ्चायतको प्रधानपञ्च पदमा रही जनसेवा गर्दै आएका कार्की खनारवासीको मन–मस्तिष्कमा बस्न सफल भएका व्यक्ति हुन् ।

उनले प्रधानपञ्च भएको समयमा खनारलाई औद्योगिक क्षेत्र बनाए । जसको कारण नेपाली राजनीतिले फरक मोड लिए पनि नेपालमा बहुदल स्थापनापछि पनि ०४८ सालमा फेर उनी प्रधानपञ्चको रूपमा निर्वाचित भए । उनको राजनीतिक यात्रा निरन्तर अगाडि बढ्नेक्रममा ०६३ सालमा जिल्ला उपसभापति भई सुनसरीको विकास र समृद्धिका लागि उल्लेखनीय योगदान पु¥याएका छन् । आफ्नो व्यक्तिगत जीवन छोडी राजनीतिमा सर्वथा सक्रिय भई जनताको सेवामा समर्पित कार्की निर्वाचित भएका बेला होस् या पराजित भएको बेला, उनी जनताको सेवामा सधैं तत्पर रहने नेता हुन् ।

राजनीतिक यात्राक्रममा स्वच्छ छवि बनाएका कार्की राप्रपाको स्थापनाकालदेखि हालसम्म महाधिवेशन प्रतिनिधि हुँदै आएका छन । हाल राप्रपाको जिल्ला सभापति रहेका कार्की इटहरी उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार बनेका छन् । सप्तकोशी अनलाइन बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah