झापा, झापाको गौरादह ७ का वडा अध्यक्ष बलराम खरेल फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड १ को जग्गा किनबेचमा सलग्न बलराम विश्वकर्मा शुसिलसँग मिलेर सरकारी कागजात किर्ते गरेको अभियोग उनलाई लागेको छ । खरेलले मालपोत कार्यालयबाट जग्गा पास गर्नको लागि आवश्यक हुने घरबाटो सिफारिस,तिरो तिरेको रसिद बनाइएको आरोप प्रहरीले लगाएको छ ।
यस्तै किर्ते कागजात तयार गर्न सरसहयोग गरेको, अधिकृत वारेशनामा गर्ने कार्यको लागि अन्य प्रतिवादीहरुसंगै काठमाण्डौ जिल्ला अदालतसम्म गई समन्वयात्मक भूमिका खेलेको तथा अन्य प्रतिवादीहररुलाई भाग्न भगाउने कार्यमा संलग्न भएको दाबी प्रहरीको छ ।



