अनौठा कुरा

झुक्किएर स्तन देखिँदा यी युवतीले ज्यान गुमाउनुपर्‍यो


  काठमाडाैं   एजेन्सी   २०७८ बैशाख १०, १०:४२

काठमाडौं। पार्टीका क्रममा झुक्किएर स्तन देखिँदा एक युवतीले ज्यान गुमाउनुपरेको छ । उनलाई उनका ब्वाइफ्रेण्डले कुटेर उनको हत्या गरेको बताइएको छ । ब्वाइफ्रेण्ड फरार छन् र उनको खोजी भइरहेको छ । निकोलास लोरी माइचोन नामका यी ब्राजिलियन युवामाथि आफ्नी गर्लफ्रेन्ड एना पाउला कोटिन्होको हत्याको आरोप छ ।

एक पुल पार्टीका क्रममा कोटिन्हो पानीमा हाम्फाल्ने क्रममा उनको बिकिनी खुकुलो भएको थियो । बिकिनी खुकुलो भएपछि उनका स्तन देखिएका थिए । डेलीमेलका अनुसार ब्राजिलको साओ पाउलोनजिकै इटापेसेरिकामा यो पार्टी मार्च १८ का दिन भइरहेको थियो । यो घटनापछि आरोपीले कोटिन्होलाई जानीजानी पार्टीमा भएका अरु मानिसहरुलाई स्तन देखाएको आरोप लगाउँदै हिंस्रक आक्रमण गर्न थालेका थिए ।

त्यसपछि माइचोनले साथीहरुलाई कोटिन्हो पानीमा डुबेकोले उनलाई अस्पताल लैजान लागेको भनेको थियो । उनले कोटिन्होलाई गाडीमा हालेर साथीहरुसमेत कोटिन्होको घरमा पुगेका थिए । प्रत्यक्षदर्शीका अनुसार घरभित्र जाने क्रममा माइचोन र कोटिन्हो दुवै हिँडेर गएका थिए र त्यतिबेला कोटिन्हो जीवितै थिइन् । तर, माइचोन पछि एक अस्पतालमा कोटिन्होको मृत शरीर लिएर पुगेका थिए ।

कोटिन्होको शरीर अस्पताल पुर्याएपछि उनी त्यहाँबाट भागेका थिए । पीडितका परिवारलाई फोन गरेर उनले आफ्नी गर्लफ्रेण्ड मदिरा पिएर पुलमा डुबेको बताएका थिए । उनले आफूले कोटिन्होलाई मुखबाट सास दिएर उनलाई उठाएको बताएका थिए । उनले आफूले कोटिन्होलाई उनको घर लिएर गएको र त्यहाँ कोटिन्होले रगत बान्ता गर्न थालेको साथै आफ्नी आमालाई फोन गर्न भनेको बताएका थिए । उनले आफूले कोटिन्होलाई अस्पताल लगेको पनि बताए ।

कोटिन्होका परिवार अस्पताल जाँदा उनीहरुले त्यहाँ आरोपीकी आमालाई मात्रै भेटे । आरोपीले आमालाई अस्पतालमा छाडेर आफू भागेका थिए । माइचोन भागेपछि पीडितका परिवारले गडबडीको आशंका गरेका थिए । पछि डाक्टरहरुले कोटिन्होको मृत्युको कारण टाउकोमा हिर्काइएकोले हुन सक्ने बताए । यो जोडीका साथीहरुले पछि कोटिन्होको परिवारलाई उनको बिकिनी खुकुलो भएका कारण पार्टीस्थलमै माइचोनले कोटिन्होलाई आक्रमण गरेको बताएका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु