गायक/अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । प्रशान्त स्वयंले सामाजिक सञ्जाल फेसबुकमार्फत यस कुराको पुष्टि गरेका हुन् ।
आमासँगको तस्बिर सेयर गर्दै उनले लेखेका छन्, “आमा गुमाउनु भनेको आजको भोलि हुने होइन । जे गुमाउनुपर्यो, त्यो स्वीकार्न वर्षौँ लाग्दछ ।” उनले मंगलबार दिउँसोतिर यो पोस्ट गरेका थिए । यद्यपि, आमाको निधन कहिले भएको भन्नेबारे भने उनले खुलाएका छैनन् ।
प्रशान्तले सन् २००७ मा ‘इन्डियन आइडल सिजन ३’ को उपाधि जितेका थिए । गायनसँगै ‘गोर्खा पल्टन’बाट उनले नेपाली चलचित्रमा पाइला टेकेका थिए । उनी ‘परदेशी’, ‘निशानी’लगायत चलचित्रमा अभिनेताको रुपमा पर्दामा देखिइसकेका छन् ।
-बाह्रखरी बाट



