झापाको कमल गाँउपालिकामा नेकपा एमालेबाट प्रमुखकी उम्मेद्वार मेनुका काफ्ले र उपप्रमुखका उम्मेदवार बेनुप्रसाद शिवाकोटी लगायतलाइ मतदान गर्न आह्वान गर्दै ठूलो संख्या महिलाहरु सडकमा आएकाछन् । शनिबार बिहान कमल गाँउपालिकाको पाडाजुंगिदेखि सितापुरी र केर्खादेखि सितारीपुरी सम्म सडकमा महिलाहरुले शक्ति देखाएकाछन् ।
अनेम संघ कमल गाँउपालिकाको आयोजनामा बहृत हातेमालो कार्यक्रम अन्र्तगत कार्यक्रम आयोजना गरिएको बताईएको छ । महिला उम्मेद्वार कमजोर हुदैनन् र महिलाहरु सबै एक ठाँउमा उभिनका लागि महिलाहरुले यो कार्यक्रम गरेको अनेम संघ कमल गाँउपालिकाले जनाएको छ ।
शक्ति प्रदर्शनपछि सितापुरीमा भएको कोणसभामा प्रमुखकी उम्मेद्वार मेनुका काफ्लेले आफू ३ देखि ४ हजार मतअन्तर बिजयी हुने बताएकीछन् । महिलाहरु पनि कमजोर छैनन् भनेर उपस्थितिले पुष्टि गरेको बताउदै उनले आफूले जित हासिल गरिसकेको र अब औपचारिक घोषणा हुन बाकी रहेको जनाइन् ।



