चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले रु ९३ अर्ब कुल बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

नेपालमा हाल १९ वटा जीवन बीमा कम्पनी रहेका छन् । ती बीमा कम्पनीहरु चालु आवको चैत मसान्तसम्म रु ९३ अर्ब ८६ करोड बराबरको बीमा शुल्क संकलन गरेका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का बाबजुद पनि जीवन बीमा कम्पनीहरुले उल्लेख्य बीमाशुल्क संकलन गर्न सफल भएका हुन् ।

गत आवको चैत्रमसान्तसम्ममा कम्पनीहरुले रु.६३ अर्ब ९५ करोड कुल बीमाशुल्क संकलन गरेका थिए । समीक्षा अवधिमा ४६.७७ प्रतिशतले बीमाशुल्क संकलन बढेको हो ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार जीवन बीमा कम्पनीले चैत्र महिनासम्ममा रु.३२ अर्ब ४६ करोड प्रथम बीमा शुल्क, ६० अर्ब ९६ करोड रुपैयाँ नविकरण बीमा शुल्क र रु.४४ करोड वैदेशिक रोजगार बीमाशुल्क गरी कुल रु९३ अर्ब ८६ करोड संकलन गरेका हुन् ।

चालु आवको चैत्र महिनासम्ममा बीमा कम्पनीमा ८१ लाख ८७ हजार ९६८ वटा बीमालेख जारी भएका छन् । यस अवधिमा ७ लाख २३ हजार ८१७ वैदेशिक रोजगार बीमालेख र जीवन बीमालेख ८३ लाख ३४ हजार ५३४ वटा गरी सो मात्रामा बीमालेख जारी भएका हुन् ।

तथ्याङ्क अनुसार चालु आवको चैत्र मसान्तसम्ममा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै रु.२५ अर्ब ३८ करोड कुल बीमा शुल्क संकलन गरेको छ । जुन कुल जीवन बीमा कम्पनीले संकलन गरेको बीमाशुल्कको २७ प्रतिशत धेरै हो । कम्पनीले चैत्र महिनामा मात्रै रु.२ अर्ब ७७ बीमा शुल्क उठाउन सफल भएको छ ।

दोस्रो ठूलो बीमाशुल्क लाइफ इन्स्योरेन्स कर्पोरेशनले संकलन गरेको छ । कम्पनीले रु.१३ अर्ब ६६ करोड संकलन गरेको हो ।

यस्तै, चैत्रमसान्तसम्ममा नेशनल लाइफले रु.८ अर्ब ७५ करोड र राष्ट्रिय बीमा संस्थाने रु.६ अर्ब ९१ करोड बीमा शुल्क संकलन गरेको छन् ।

यूनियनले रु.५ अर्ब १६ करोड, एशियनले रु.४ अर्ब ६४ करोड रुपैयाँ, मेट लाइफले रु. ४ अर्ब ३ करोड रुपैयाँ, सूर्याले रु. ३ अर्ब २७ करोड, प्राइमले रु.३ अर्ब १० करोड , गुँरासले रु. ३ अर्ब ५ करोड र सिटिजन लाइफले रु. २ अर्ब ५४ करोड बीमाशुल्क उठाएको छ ।

यसैगरी रिलायबलले रु. २ अर्ब ३२ करोड , ज्योतिले रु. २ अर्ब २८ करोड , रिलायन्सले रु.१ अर्ब ९१ करोड, आइएमई लाइफले रु.१ अर्ब ८९ करोड, सन नेपालले रु. १ अर्ब ६८ करोड, सानिमा लाइफले रु.१ अर्ब ४८ करोड, प्रभु लाइफले रु.१ अर्ब १३ करोड र महालक्ष्मीले सबैभन्दा कम रु.६८ करोड बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah