कोरोना महामारीको दोस्रो लहरबाट बचाउने भनेको इम्युनिटीले नै हो। शरीरमा रोग प्रतिरोधात्मक क्षमता बलियो भए महामारीको जोखिमबाट बच्न सकिन्छ। त्यसैले कोरोनाबाट बच्नका लागि रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु आवश्यक छ।

इम्युनिटी बलियो हुँदा अन्य रोगबाट पनि बच्न सकिन्छ। इम्युनिटी बढाउनका लागि खानपानमा ध्यान दिनुपर्छ। भिटामिन सी युक्त फलफूलको सेवनले इम्युनिटी पावर पढाउन मद्दत गर्छ।

इम्युनिटी बढाउनका लागि मेवाको सेवन गर्नु राम्रो मानिन्छ। मेवामा म्याग्नेशियम, पोटाशियम, क्याल्शियम, फाइबर, कपर र अन्य थुप्रै एन्टीअक्सिडेन्ट हुन्छ। यसको सेवनले इम्युनिटी बढ्नुका साथै थुप्रै बिरामीबाट जोगिन सकिन्५।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेवाले हाम्रो शरीरमा भिटामिन सीको कमी हुन दिँदैन। त्यसैले हामीले नियमित रुपमा यसको सेवन गर्न सक्छौं।

यस्तै हामीले भुइँ कटहरको सेवनले पनि भिटामिन सी पाउने गर्छौं। यसले पनि हाम्रो इम्युनिटी पावर बढाउन मद्दत गर्छ। यसको सेवनले पाचनप्रणाली र हड्डि पनि बलियो हुन्छ। यसमा पाइने तत्वले उच्च रक्तचाप नियन्त्रण गर्छ।

किवी पनि भिटामिन सीले भरपुर फल हो। यसमा विभिन्न पोलिफेनोल पाइन्छ। जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। प्रत्यक दिन यसको सेवन गर्दा इम्युनिटी पावर बढ्छ। यसको सेवनले कोलेस्ट्रोल पनि नियन्त्रित हुन्छ। यसले कब्जियतको समस्याबाट समेत रहात दिन्छ।

सुन्तला पनि भिटामिन सीले भरपुर फल हो। यसमा प्रसस्त मात्रामा पोलिफेनोल हुन्छ। जसले भाइरल संक्रमणबाट बच्न मद्दत गर्छ। इम्युनिटी बढाउन चाहने मानिसले दैनिक सुन्ताको सेवन गर्न सक्छन्।