काठमाडौँ, २९ असोज । दुबई लैजाने भन्दै एक नेपाली महिलालाई ओमान पुर्‍याएर बिक्री गरिएको छ । चरम यातना पाएकी ती महिलालाई बेचिएको ६ महिनापछि महानगरीय अपराध महाशाखाले उद्धार गरेको छ ।

काठमाडौंकी ३५ वर्षीय रुविना शर्मा  (नाम परिवर्तन)लाई मानवतस्करीमा संलग्न गिरोहले १८ हजार दिराम अर्थात करिब पाँच लाख रुपैयाँ बिक्री गरेको प्रहरीले बताएको छ ।

चार दिनअघि उनको उद्धारसँगै प्रहरीले एक एजेन्टलाई पनि पक्राउ गरेको छ । उनलाई नक्कली कागजपत्र बनाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ओमान पुर्‍याइएको हो ।

प्रहरीका अनुसार रुविनाले घरेलु कामदारका रुपमा करिब ५ महिना काम गरेकी थिइन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय