विराटनगर, १७ चैत ।प्रदेश १ सरकारले आजदेखि कोरोना संक्रमितको उपचारकालागि सुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालनमाल्याएको छ ।
प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्तलगानीमानिर्माण गरिएको कोभिड अस्पताल आज देखि सञ्चालनमाआएको हो । अस्पतालमा आजदेखि विरामीभर्ना शुरु गरिएको छ । विरामीभर्ना गर्नुअघि मुख्यमन्त्री शेरधन राई र सामाजिकविकास मन्त्रीउषाकला राईले अस्पतालको निरीक्षण गर्नुभएको थियो । अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले कोरोना संक्रमितको उपचारकालागिप्रदेश सरकारले अहोरात्रकामगरिरहेको बताउनुभयो । उहाँले संक्रमण दर बढेसँगै उपचारको प्रवन्धपनिगर्दै गएको बताउनुभयो । उहाँले निजी अस्पतालहरुसँग पनि छलफल भईरहेको बताउनुभयो । मुख्यमन्त्री राईले विराटनगर बाहेक जिल्ला स्तरमापनि २० वेड सम्मको आईसोलेसन केन्द्र निर्माणका लागिजिल्ला अस्पतालहरुलाई निर्देशनदिईसकिएको बताउनुभयोे । विराटनगरमा संक्रमण बढ्दै गएकाले चेनब्रेक आवस्यक देखिएको बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेश १ का५ स्थानमाहोल्डिङ सेन्टर बनाउने निर्णय भएको बताउनुभयो । उहाँले विराटनगर रानी, झापाको काकडभिट्टा, गौरीगञ्ज, इलामको पशुपतिनगर, सुनसरीको भाण्टाबारी, सोलु, ओखलढुङ्गा र खोटाङमा होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

सामाजिकविकास मन्त्रीउषाकला राईले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल अत्याधुनिक रहेको बताउनुभयो । कोभिड अस्पतालको लागिआवस्यकजनशक्तिको व्यवस्थापनभईसकेको उहाँले बताउनुभयो । एउटा सिफ्टमा १९ जना रहने गरि व्यवस्थापनगरिएको मन्त्री राईले बताउनुभयो । अपुगजनशक्तिकालागिपनिव्यवस्थापनको तयारी भईरहेको उहाँले बताउनुभयो ।



