उर्लाबारी/नेपाली कांग्रेस उर्लाबारीका मेयर पदका उम्मेद्वार खड्ग फागोको घर अगाडि बम विष्फोट भएको छ । आइतबार विहान करिब २ बजेको समयमा फागोको घरको पर्खालमा बम विष्फोट भएको हो । सो विष्फोट कस्ले गराएको हो भन्ने पत्ता लाग्न सकेको छैन । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले विष्फोटका विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । आतंक सिर्जना गर्नका लागि प्लाष्टिक जारमा विष्फोटक पदार्थ राखी विष्फोट गराएको हुन सक्ने उहाँले जानकारी दिनुभयो । मेयर पदका उम्मेद्वार खड्ग फागोले आफू घरमै सुतिरहेको बेला विष्फोट भएको बताउनुभयो । नेपाली कांग्रेसले आज उर्लाबारीमा चुनावी सभा आयोजना गरेको छ । सो सभालाई प्रभावित पार्ने उद्देश्यले मेयरका उम्मेद्वारका घरमा विष्फोट गराएको कांग्रेस उर्लाबारीका निर्वाचन परिचालन समिति संयोजक केशव कार्कीले दावी गर्नुभयो । उहाँले कांग्रेसको पक्षमा आएको जनलहर देखेरपनि यस प्रकारको हर्कत गरिएको उहाँको भनाई छ ।
खडग फागोको घरमा बम बिस्फोट
सवाल नेपालसंवाददाताआइतबार, १० असार २०७४

खडग फागोको घरमा बम बिस्फोट
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



