सुनको भाउ निरन्तर दोश्रो दिन पनि वृद्धि भएको छ । बैशाख २० गते, सोमबार सुन तोलामा ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि बढेर ८९ हजार ९०० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन पनि सुन प्रतितोला १०० रुपैयाँले बढोत्तरी भएर प्रतितोला ९० हजार रुपैयामाँ उक्लेको थियो ।
यसैगरी सोमबार चाँदीको मूल्य पनि उकालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । आइतबार चाँदीको मूल्य भने स्थिर रहेको थियो ।



