प्रदेश १

झापाको मेचीनगरमा रहेको बायोग्यास कोइला फ्याक्ट्रीमा आगलागी


  झापा   सवालनेपाल   २०७८ बैशाख २०, १५:५६

झापा, झापाको  मेचीनगर नगरपालिका १५ मिलकोटीमा रहेको बायोग्यास कोईला फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगलागी हुँदा ठुलो क्षती भएको छ । सोमबार  बिहान ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

उक्त आगो नियन्त्रणमा ७ वटा दम्कल सहित सेना, प्रहरी, स्थानियबासी परिचालित भएका छन् । सो आगोबाट अहिले सम्म अन्दाजी १५ करोड बराबरको क्षेती भएको फ्याक्ट्री संचालकले बताएको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।  उक्त आगोबाट हाल सम्म मानबिय क्षती नभएको सो कार्यालयले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु