कोरोना संक्रमण भएर नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्यमा सुधार आएको छ ।

शाहलाई सघन उपचार कक्ष (आईसीयू) बाट बुधवार कोभिड वार्डमा सारिएको हस्पिटलले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै शाहलाई गत बिहीवारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको जनाउँदै आईसीयूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधवारदेखि वार्डमा सारिएको जनाएको छ ।

शाहको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रूपमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

हस्पिटलमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था सामान्य र स्थिर रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

-लोकान्तर