https://www.youtube.com/watch?v=nwxELVNew_g&feature=youtu.be
नेकपा एमालेले दमकमा अहिलेसम्मकै ठूलो र्याली निकालेको छ । यो र्यालीलाइ दमकमा जनआन्दोलनपछि सबैभन्दा ठूलो र्याली भएको सर्वसाधरणहरुको प्रतिक्रिया रहेको छ । र्यालीले दमकमा बजार परिक्रमा गरेको थियो । र्यालीमा ८ देखि १० हजार उपस्थिति रहेको एमालेका चुनाव परिचालन समितिका संयोजक अर्जुन राइले बताए ।
स्वतस्फूर्त रुपमा र्यालीमा सर्वसाधरणहरुको ब्यापक उपस्थिति रहेको जनाईएको छ । मेयरका उम्मेद्वार रोमनाथ ओली र उपमेयरका उम्मेदवार गिता अधिकारी सहित वडाध्यक्षहरु हसिलो मुद्रामा र्यालीमा सहभागि भएका थिए ।
एमालेले यसलाइ आफ्नो अन्तिम शक्ति प्रदर्शनको रुपमा लिएको थियो । दमक चौक एकघण्टाभन्दा बढि एमालेको झण्डामय बनेको थियो । हिजो नेपाली काँग्रेस, माओबादी केन्द्र र राप्रपाले शक्ति प्रदर्शन गरेका थिए ।
https://www.youtube.com/watch?v=nwxELVNew_g&feature=youtu.be



