एजेन्सी, २१ बैशाख । स्टेला रालफिनीको उमेर ७३ वर्ष पुगेको छ । प्राकृतिक स्वास्थ्य र सौन्दर्यको क्षेत्रमा लामो अनुभव बटुलेकी स्टेला ‘लभ क्याम्प’की संस्थापक पनि हुन् ।

जीवनसम्बन्धी विभिन्न प्रशिक्षण दिँदै आएकी स्टेलाले किताब पनि लेखेकी छन् । उनी चक्र साइकोलोजी, थ्री फेसेस अफ सेक्स, सेन्सुअल सर्सरी र रक एण्ड रोल मेहेमकी लेखक हुन् । उनले प्राय: यौन जीवन र मायालाई आफ्नो विषयवस्तु बनाउँछिन् । विश्वभर सचेत माया ल्याउने/फैलाउने उनको उद्देश्य रहेको छ ।

धेरैले स्टेलालाई नव तन्त्र प्रेमकी प्रशिक्षक (Neo Tantra Love coach) को रुपमा चिन्छन् । मानिसहरुले यौनलाई सम्बन्धको एउटा अंशका रुपमा मात्रै लिनुपर्छ भन्ने उनी ठान्छिन् । उनका प्रशिक्षणबाट कैयौं दम्पत्तीको सम्बन्धले पुनर्जीवन पाएको छ ।

स्टेलाले पढाउँदै आएको नियो तन्त्र पश्चिमी मुलुकका दम्पतीसँग मेल खाने गरी परिमार्जन गरिएको परम्परागत तन्त्र विज्ञानको आधुनिक रुप हो । उनले यसलाई ‘यथार्थपरक (down to earth), मायालु वचनयुक्त (flirty) र चन्चले (playful)’ तन्त्रको रुपमा हेर्छिन् ।

उनले दम्पतीहरुलाई गुप्ताङ्ग नहेरिकनै कसरी यौन सम्पर्क गर्न सकिन्छ भनेर सिकाउँछिन् । यस क्रममा बेलाबेला सेक्स टोय र मसाज आयल पनि प्रयोग गर्छिन् । ‘अभ्यासमा माया गर्ने तरिकाको अन्वेषण र व्यवहारिक अभ्यास समेटिएको हुन्छ’, उनले भनिन् ।

‘प्रेम गर्नु (lovemaking) को अर्थ यौन सम्पर्क मात्रै होइन । प्राय: दम्पत्तीले मैनबत्तीसँगै हट बाथको व्यवस्था गरिदिने वा एकअर्कालाई मालिस गर्ने जस्ता सामान्य कुरा गर्न भुल्छन्’, स्टेलाले भनिन्, ‘मैले सम्बन्ध बिग्रँदै गएका र यौन जीवनबाट असन्तुष्ट कैयौं दम्पतीसँग काम गरेकी छु ।’

उमेरले आफ्नो कामलाई असर नगरेको पनि स्टेलाले सुनाइन् । ‘मेरो उमेरले कामलाई असर गर्दैन’, उनले भनिन्, ‘भर्खरका दम्पतीले मलाई एउटा विवेकी र अनुभवी शिक्षकको रुपमा लिन्छन् ।’

स्टेला रालफिनी
स्टेलाले आफ्नो प्रशिक्षणमा सम्भोगमाथि त्यति जोड दिन्नन् । ‘महिला र पुरुष निकै भिन्न हुन्छन्, उनीहरुका फरक-फरक आवश्यकता हुन्छन्’, उनले भनिन्, ‘महिलाहरुले यौन मात्रै चाहँदैनन् । उनीहरु मायालु स्पर्श चाहन्छन् । मायालु स्पर्श गर्दैमा सँधै सम्भोग गर्नुपर्छ भन्ने हुँदैन ।’

यौन सम्पर्कका क्रममा पुरुषहरु प्राय: हतार गर्ने, महिलाको आनन्द/सन्तुष्टिलाई जोड नदिने गुनासो धेरै महिलाले सुनाउने गरेको पनि स्टेलाले बताइन् ।

कतिपय दम्पतीहरु लामो समयसँगै बसेर पनि आफ्नो श्रीमान/श्रीमतिले यौनबारे अनौठो कल्पना गर्ने कुरा थाहा नहुने पनि उनले बताइन् । यही भएर आफूले उनीहरुलाई यसबारे बोल्न प्रोत्साहित गरेको र यसबाट दम्पतीले कसरी असल मान्छे बन्ने भनेर सिक्ने उनको भनाइ छ ।

स्टेलाको प्रशिक्षणमा सहभागी भएर कैयौं दम्पतीले आफ्नो सम्बन्धमा नयाँ ऊर्जा र पुनर्जीवन पाएका छन् । यही कारण धेरैले उनको प्रशंसा गर्छन् । यसमध्ये बेलायतको सुफोल्कमा बस्ने २ सन्तानकी आमा सु पनि पर्छिन् ।

‘पन्ध्र वर्षसम्म सँगै बसेपछि जीवन कठिन हुँदै जान्छ र ऊर्जा हराउँदै जान्छ’, सुले भनिन्, ‘स्टेलासँग तीनवटा प्रशिक्षण लिएपछि हामी दुबैजनाले अझै नजिक भएको अनुभव गरेका छौं र हाम्रो यौन जीवनमा सुधार आएको छ ।’

‘हामी दुबैजना यौनका लागि समय दिनुपर्छ र बेलाबेला यसमा संलग्न हुनुपर्छ भन्ने कुराप्रति थप सचेत बनेका छौं । मेरा ५९ वर्षीय पति मार्क र मैले सुरुमा हामीसँग भएको ऊर्जालाई पुन: पाएका छौं ।’

स्टेलालाई पनि प्रशिक्षणमा सहभागी दम्पत्तिबाट आउने प्रतिक्रिया नै आफ्नो प्रशिक्षणको सबैभन्दा राम्रो पक्ष लाग्छ । ‘मैले मानिसको यौन जीवन सुधार्न सक्छु भन्ने थाहा पाउँँदा निकै खुशी लाग्छ’, उनले सुनाइन ।

(मेट्रो डटकमबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय