बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला ९२ हजार रुपैयाँ रहेको सुनको भाउ बिहीबार ९१ हजार ६०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको भाउ प्रतितोला ९१ हजार एक सय रुपैयाँ रहेको छ ।

यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार ३४५ रुपैयाँ तोकिएको चाँदीको भाउ बिहीबार भने एक हजार ३३५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
-आर्थादबली बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय