झापाको दमकमा सोमबार साँझदेखि मदिरा बिक्रि बितरणमा प्रशासनले रोक लगाएको छ । घरेलु जाडरक्सि उत्पादनमा पनि रोक लगाएको जनाईएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुका अनुसार मदिरा बिक्रि बितरणमा कडाइ शुरु गरिएको छ । साँझ देखि पूर्ण रुपमा मदिरा बिक्रि बितरणमा रोक लगाइएको उनले जनाए ।
मदिरा बिक्रि बितरण नगर्नका लागि होटल ब्यवसायिलाइ आग्रह गरिएको र अटेर गरेमा कार्वाही गरिने लिम्बुले जनाए । मदिराका कारण झैझगडा तथा अपराधिक घटना हुनसक्ने भएकाले समयमा नै सचेतता अपनाईएको उनको भनाइ छ ।



