नेपाली काँग्रेस दमक नगर कमिटीले स्थानीय तह निवाृचनमा अर्नगल प्रचार हुन सक्ने भन्दै यसको पछि नलाग्न आग्रह गरेको छ । 
काँग्ेसले कुनै दलसंग एलायन्स गर्यो भनेर भ्रम फैलाउने काम भएको भन्दै कार्यकर्ताहरुले असन्तुष्ट जनाउन थालेपछि नेपाली काँग्रेसका अगुवाहरुले यस्तो नभएको भन्दै ढुक्कका साथ भ्रममा नपरि मतदान गर्न आग्ह गरेकाछन् ।
केहि समय यता दमकमा बिभिन्न अड्कल बाजि र प्रचार भएको थियो । यो प्रचार गलत रहेको बिज्ञप्तिमा स्पष्ट पारिएको छ । साँसद महेन्द्रकुमारी सुब्बा, सुरेश सुब्बा लगायतले बिज्ञप्तिमा हस्ताक्षर गरेकाछन् ।



