नयाँ दिल्ली, २ जेठ – कहिलेकाही अपत्यारिलो घटना हुन्छ। त्यो पनि यति अपत्यारिलो कि, जो कसैलाई एकछिन सोच्न बाध्य बनाउँछ। भारतमा एउटा यस्तै घटना अहिले ट्रेन्डिङमा छ।

भारतको मध्यप्रदेशस्थित अशोकनगर जिल्लामा रहेको मुक्तिधाममा घटेको घटना हो यो। तस्वीरमा देखिएजस्तै चितामा चढाइएको एक युवकको शव चिताबाट उठ्यो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘ॐ ॐ’ आवाज निकाल्दै शव उठेपछि त्यहाँ रहेका मानिस आत्तिए। केहीले उनलाई सम्हाल्न थाले। अशोनगरका अनिल जैनको मृत्यु भएको घोषणा डाक्टरले गरेपछि उनलाई मुक्तिधामस्थित आर्यघाट लगिएको थियो।

भारतीय टेलिभिजन आजतकका अनुसार जैनको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो। अस्पताल लगिएको १५ दिनपछि डाक्टरले मृत घोषित गरे।

त्यसपछि आर्यघाटमा लगेर चितामा चढाइएको थियो। समाचारमा भनिएको छ, ‘जैनका परिवारका सदस्यले उनको मृत्यु भएको कुरा स्वीकार गरेका थिएनन्।’

त्यसपछि पुनः उनलाई जिल्ला अस्पताल लगिएको समाचारमा उल्लेख छ। त्यहाँका चिकित्सकले पनि जैनको मृत्यु भएको बताएपछि अन्तेष्टि गरिएको छ।

परिवारका सदस्यले अस्पताल प्रशासनमाथि जीवित मान्छेलाई मृत घोषित गरेको आरोप लगाउँदै क्षतिपूर्ति र न्यायको माग गरेका छन्।