रोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउन (बन्दाबन्दी) का बेला घरमा बसेर खाने रमाइलो गर्ने त गरिरहनु भए कै होला तर तपाईंले शारीरिक सक्रियतालाई कतिको ख्याल गर्नु भएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओ, चिकित्सक तथा खेलाडीले पनि घर भित्रै बसेर शरीरलाई फूर्तिलो बनाउन केही शारीरिक अभ्यास गर्नु पर्नेमा जोड दिनुभएको छ । डब्लुएचओले त गाइडलाइननै तयार पारेको छ ।

Ads by AdMana.net

लामो समय बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भएकोले शरीरलाई चलायमान गर्नुपर्ने हाड जोर्नी विशेषज्ञ डा. प्रकाश द्वारेको सुझाव छ । उहाँले भन्नुभयो, बाहिर जान सम्भव नभए पनि केही समय निकालले र घर भित्रै शारीरिक कसरत गर्नु पर्छ ।

घरमा टिभि हेर्ने, मोबाइल चलाउने र खाने सुत्ने अवश्य पनि लकडानको समयमा बढी हुन्छ डा.द्धारे भन्छन् , त्यसैले एक घण्टा भए पनि शारीरिक कसरतले विभिन्न हाड जोर्नीसँग सम्बन्धित समस्या र अन्य रोग लाग्नबाट बच्न सकिन्छ । धेरै सुत्ने तथा मोबाल चलाउने बानीले कम्मर, हात तथा स्पाइनलको समस्या आउने हुँदा शरीरलाई चलायमान गर्नुपर्ने सुझाव दिनुपर्छ ।

अहिले घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेका हुन्छन् उहाँले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने, घर वरिपरि वा सिँढीमा तलमाथि गर्ने, बगैँचा वा वरिपरि घुम्ने गरेमा स्वास्थ्य सुधार हुने जानकारी दिए ।

उनले लकडाउनको समयलाई सदुपयोग गर्दै आफ्नो शरीरलाई स्वथ्य बनाउन सकिने बताउँदै शरीरलाई जति चलायमान गर्यो त्यति नै स्वथ्य हुन्छ । हामीले योग गर्नुको साथै, मेडिटेसन, सूर्य नमस्कार जस्ता अभ्यास गर्नुपर्छ ।

अहिले कोरोनाको प्रकोप भएका कारण श्वासप्रश्वास प्रणालीमा पनि ध्यान दिनुपर्ने भएकोले श्वासप्रश्वास सम्वन्धि शारिरीक कसरत गर्नुपर्ने पनि उनको सुझाव छ ।

श्रेष्ठले उफ्रने, प्रणायम, अनुलोम विलोम लगायतका योग अभ्यास गर्नुपर्ने बताए ।

अक्सफोर्ड जिम सेन्टरमा फिटनेस प्रशिक्षक नुमु श्रेष्ठ भन्नुहुन्छ, पछिल्लो समय जिमप्रति महिला र पुरुषको निकै आकर्षण बढेको छ ।

जति पनि जिम आउन नसकेका ब्यक्तिले घरमा नै शारीरिक कसरत गर्नु जरुरी छ । अहिले स्वस्थ शरीरको महोत्व बुझेर समय मिलाएर कसरत गर्नुपर्छ ।

यस्तो समय मोटोपनको समस्या हुने कारण पनि शरीरको तौल, स्टामिना बढाउन, स्वस्थ र स्फूर्तिका लागि कसरत गर्न सुझाव दिनुहुन्छ । श्रेष्ठका अनुसार अरु केही गर्न नसके पनि घर भित्र बा छत बगैंचामा दौडिने र डोरीमा उफ्रने खेल्नु पर्छ भने तौल उठाउने, घिसार्ने जस्ता मांसपेशीमा बल पुग्ने खालका गतिविधिहरु गर्नुपर्छ ।

यसैगरी शारीरिक कसरत गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ । यो समयमा घरमा भएका परिवारको साथ सक्रिय हुन र साथीहरुसँग सञ्चारका माध्ययमबाट सम्पर्कमा रहि रहन आग्रह गर्दै विश्व स्वास्थ्य सङ्गठनले यो समय परिवारसँगै बगैँचामा हिँड्ने, साइकल चलाउने, आराम गर्ने, मिलेर खाना बनाउने गरेमा शारीरिक र मानसिक दुवै स्वास्थ्य ठी क रहने पनि बताएको छ ।
नाउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah