दमक/बढदो कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाली कांग्रेसले दमकस्थित पार्टी कार्यालयका दुई वटा भवन सरकारलाई उपयोग गर्न दिने घोषणा गरेको छ ।

कांग्रेसको दमक ५ स्थित नगर पार्टी कार्यालय र क्षेत्र नं ५ को क्षेत्रीय कार्यालय भवन कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई प्रदान गर्ने कांग्रेसले घोषणा गरेको हो । पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी र नगर सभापति रोशन विष्टले पार्टीको स्थानीय नेतृत्वबीच सो सम्बन्धिमा छलफल भई दमक वा आसपास क्षेत्रका सर्वसाधारणको उपचार तथा व्यवस्थापनमा भवनलाई उपयोग गर्न दिइने निधो गरिएको बताएका छन ।

क्षेत्रीय सभापति भण्डारीले यस क्षेत्रमा कोरोनाको संक्रमणका कारण धेरै सर्वसाधारणले ठुलो समस्या ब्यहोर्नु परिरहेको भन्दै संक्रमितहरुको उपचार र व्यवस्थापनमा प्रभावकारी भुमिका निर्वाह गर्न पनि सरकारसंग माग गरे । सरकारले नागरिकहरुको जिउ ज्यान बचाउन अपनाउनु पर्ने सबै उपयाहरु अवलम्बन गरोस , त्यसका लागि कांग्रेसले अधिकतम सहयोगी भुमिका निर्वाह गर्ने छ – सभापति भण्डारीले भने ।
नगर सभापति विष्टले कांग्रेसले स्थानीय सरकारका प्रतिनिधिहरुलाई पार्टी कार्यालय भवनको उपयोग गरेर भएपनि संक्रमितहरुको उपचार व्यवस्थित गर्न माग गरे । निष्कर्ष न्यूजसंगको कुराकानीमा सभापति विष्टले भने – कोरोना महामारी सबैका लागि चुनौतीपूर्ण बनेर आएको छ , यसका विरुद्ध सरकारको प्रारम्भिक चरणदेखिनै कामहरु प्रभावकारी हुन सकेनन त्यसो भन्दैमा कांग्रेस सरकारको विरोध मात्रै गर्दैन, यो अप्ठयारोमा गर्नुपर्ने सहयोगका लागि पनि तयार छ । झापाको दमकमा अहिले सम्म दोरुो चरणको कोरोना संक्रमणबाट अहिले सम्म ११ जनाको मृत्यु भइसकेको छ भने ६ सय बढी संक्रमित छन । दिनानुदिन संक्रमण बढदै गएकोप्रति सर्वसाधारण चिन्तित छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah