असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा देश शीर्ष नेताहरुले कुन मतदान केन्द्रमा मत खसाल्दैछन्, सबैको खुल्दुलीको बिषय बनेको छ । भोलि बुधबार प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा हुने निर्वाचनमा प्रधानमन्त्रीदेखि मन्त्री र विभिन्न पार्टीका शीर्ष नेताहरूले पनि मतदान गर्दैछन् ।
एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा हुने यस दोश्रो चरणको निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।
चारहजार ५ सय ८१ मतदानस्थलमा ८ हजार ३६४ मतदान केन्द्र रहने दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदातालाई मताधिकार रहेको छ ।
दोस्रो चरणको निर्वाचनका लागि मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने आयोगले जानकारी दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा
गन्यापधुरा गाउँपालिका–१, डडेल्धुरा, असिग्राम उमावि केन्द्र
उपराष्ट्रपति नन्दबहादुर पुनः खोली गाउँपालिका–२, रोल्पा
झलनाथ खनालः सूर्योदय नगरपालिका–९, इलाम, राष्ट्रिय निमावि केन्द्र
सभामुख ओनसरी घर्तीः लिवाङ–७ रोल्पा,
बालोदय माध्यमिक विद्यालय केन्द्र
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराः
लिवाङ नगरपालिका–१, रोल्पा, तारा माध्यमिक विद्यालय केन्द्र
वामदेव गौतमः बाँसगढी–८, बर्दिया,त्रिभुवन उमावि केन्द्र
कृष्णप्रसाद सिटौलाः भद्रपुर–१०, झापा, कलबलगुडी प्रावि
सुवास नेम्वाङः इलाम नगरपालिका–७, बालमन्दिर आधारभूत विद्यालय केन्द्र



