टाटा मोटर्सको नेपालका लागि एक मात्र अधिकारिक बिक्रेता सिप्रदी टेडिङ्ग प्रा.लि.ले लकडाउनको कारण ग्राहकवर्गमा पर्न गएको अफ्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै टाटाको सबै कारहरुको फ्री सर्भिस र ओरिजिनल ईक्विप्मेण्ट वारेन्टी अवधिमा एक महिना थप गरेको छ ।

यदि टाटा कार ग्राहकहरुको फ्री सर्भिस र वारेन्टी अवधिको म्याद १ अप्रिल २०२१ देखि ३१ मे २०२१ को भित्र परेको छ भने, स्ट्यान्डर्ड वारेन्टीको नियम तथा शर्तहरु अन्तर्गत सवारीको वारेन्टी अवधि ३० जुन २०२१ सम्म लागि थप गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का ग्राहक सेवा तर्फबाट टाटा प्यासेन्जर गाडीका प्रमुख प्रबन्धक कुमार भण्डारीका अनुसार “अहिले महामारीको रुपमा विश्वभरि फैलिदै गरेको कोरोना भाइरस (कोभिड १९) को कारण भएको लकडाउन र अत्यावश्यक बाहेकको आवागमन प्रतिबन्धका कारण ग्राहकहरुले गाडी मर्मत गराउन कठिनाई भएको कारण फ्री सर्भिस र ओरिजिनल ईक्विप्मेण्ट वारेन्टीको अवधि थप गरिएको हो । “

कम्पनीले जनाएको अनुसार यस आपतकालीन समयमा पनि टाटा गाडीको ग्राहकहरुको लागि सिप्रदी २४ घण्टा सेवामा समर्पित छ । यदि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएमा, कम्पनीको टोल फ्री नम्बर १६६००१५५७७७ (एनटीसी) वा ९८०१५७५७७७ (एनसेल) मा सम्पर्क गर्न सकिनेछ ।

यसको साथै टाटा कारका ग्राहकहरुले सिप्रदीको सिप्रदी एप्सबाट पनि आफ्नो गाडीको सर्भिस बुकिङ्ग गर्न सकिनेछ ।