नेपाली बजारमा मंगलवार सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार रू. १०० ले बढेको सुनको भाउ मंगलवार रू. २०० ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९३ हजार ५०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९३ हजार ७०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. २०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजारमा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार २०० मा कारोबार भएको थियो ।
यस्तै, मंगलवार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमवार प्रतितोला १ हजार ३५० मा कारोबार भएको चाँदी मंगलवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ ।



