एकमुखे रुद्राक्ष यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ । सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ ।यो शिवरात्री, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।

रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाईने वनस्पति र यसमा फल्ने फल हो । यसको रुख र फल दुबैलाई नेपाली,संस्कृत र हिन्दी भाषामा रुद्राक्ष भनिन्छ । रुद्राक्षको एकै बोटमा एकपटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दानाहरू फल्दछन् । यसको दानामा माथिबाट झरेका रेखाहरू (Vertical ) रेखाहरू हुन्छन् । त्यही रेखालाई मुख भनिन्छ र जतिवटा रेखा हुन्छन् त्यति नै मुखे रुद्राक्ष भनिन्छ । यो फल (रुद्राक्ष) एक मुखे देखि २७ मुखे सम्म भएको बिश्वास गरिन्छ । यो संस्कृतको रुद्र र अक्ष बाट बनेको हो । शाब्दिक अर्थमा यो भगवान शिवको अश्रु जलबिन्दु मानिन्छ । नेपाली शब्दसागर शब्दकोषमा रुद्राक्ष शब्दलाई “लामा-लामा हरिया केशर हाँगामा-फूल सेता हुने स्याउले एक ठूलो जातको रुख र त्यसैको साना ओखर वा तिमिला खाले काँडे फल” भनेर परिभाषित गरिएको छ । रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना भनेर पनि चिनिन्छ ।

धार्मिक महादेवको वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा धेरै छ । रुद्राक्षको उत्पत्तिका बारेमा पौराणिक कथा अनुसार भगवान शिवले महाबली दैत्य सुरलाई नाश गर्न लामो समयसम्म चिन्तन गरी आँखा खोल्दा शिवको सूर्यमुखी आँखाबाट बगेको आँसुका थोपा निस्की विभिन्न ठाउँमा छरिन गए । यिनै छरिएका आँसुका थोपा वृक्षमा परिणत हुन गएकाले शिवका आँसुका उपजलाई रुद्राक्ष वृक्षहरू भनेर नामाकरण गरियो । ‘रुद्राक्ष रहस्य’ नामक पुस्तकका अनुसार रुद्राक्ष २७ मुखीसम्म हुन्छ भनेका छन् भने हालैको खोजअनुसार संसारभरि ३८ मुखीसम्म रुद्राक्ष पाइएको खोजकर्ताले बताएका छन् तर सामान्यतः १ देखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छन् । एकमुखी र नौ मुखीदेखि १४ मुखी रुद्राक्ष निकै दुलर्भ मानिन्छ ।

धा‍र्मिक विश्वाश अनुसार एकमुखी रुद्राक्ष भगवान शिव, द्विमुखी श्री गौरी-शंकर, त्रिमुखी तेजोमय अग्नि, चतुर्थमुखी श्री पंचदेव, षष्ठमुखी भगवान कार्तिकेय, सप्तमुखी प्रभु अनंत, अष्टमुखी भगवान श्री गणेश, नवममुखी भगवती देवी दुर्गा, दसमुखी श्री हरि विष्णु, तेरहमुखी श्री इंद्र तथा चौदहमुखी स्वयं हनुमानजीको रूप मानिन्छ । विभिन्न आकारका रुद्राक्ष धारणबाट फल पाइन्छ । अमला आकारको रुद्राक्ष धारण गर्दा सबै अरिष्ट नाश हुन्छ । बयर आकारका रुद्राक्षले सुख र सौभाग्य बढाउँछ । लालगेडी आकारको साना दाना भएको रुद्राक्षबाट सबै मनोरथ पूरा हुन्छन् भनिएको छ । रातो, कालो, सेतो र पहेँलो रङको पनि रुद्राक्ष हुने हुँदा कालो रङ्गको रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ । यस्तै जुन रुद्राक्षमा प्वाल नपारीकन धागो छिराउन सकिन्छ त्यो सबैभन्दा राम्रो र सर्वश्रेष्ठ मानिन्छन् ।

रुद्राक्ष पाइने मुख्य स्थान पश्चिम नेपालको काश्की, स्याङ्जा, पाल्पा, गुल्मी र पूर्वी नेपालको भोजपुर, सङ्खुवासभा र धनकुटामा बढी पाइन्छ । नेपाललगायत भारत, मलेसिया, थाइल्याण्ड, इण्डोनेसिया तथा अस्ट्रेलियाका जङ्गलमा प्रशस्तै पाइन्छ । विश्वभरमा यसका जम्मा १२३ प्रजाति पाइएका छन् । रुद्राक्ष नेपालको अतिरिक्त, बर्मा, इङ्गल्याण्ड, बङ्गलादेश तथा मलेशियामा समेत अत्यधिक पाइने गर्दछ । भारतको बिहार, बङ्गाल, मध्य प्रदेश, आसाम तथा महाराष्ट्र पनि पाइन्छ । विद्वानहरुको भनाई रहेको छ रुद्राक्षको माला धारण गर्नाले मानिसको शरीरमा प्राणको नियमन भै कैयौ प्रकारका शारीरिक तथा मानसिक विकारबाट रक्षा हुने गर्दछ । यस्को माला लगाउनाले हृदयविकार तथा रक्तचाप आदि रोगहरुमा विशेष लाभ हुन्छ । यस्को बोट १८-२० मीटर सम्म अग्लो हुने र सदाबहार रहने गर्दछ । यस्को फल गोलाकार,१.३-२ सेमी व्यास तथा काँचो अवस्थामा हरियो रङ्गको हुन्छ । यस्को बीजलाई रुद्राक्ष भनिन्छ । यस्को पुष्पकाल तथा फलकाल फेब्रुअरी देखि जुन सम्म हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah