विराटनगर । प्रदेश १ मा आज ८६५ जना सङ्क्रमित थपिएका छन् । मोरङमा ४०७, सुनसरीमा १९४, झापामा ८६, सङ्खुवासभामा ३७, तेह्रथुममा ३२, धनकुटामा २४, पाँचथरमा २१, ताप्लेजुङमा १८, इलाममा ११, भोजपुरमा ५, उदयपुरमा ४, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा १४० महिला र १५१ पुरुष सहित २९१, सुन्दरहरैचामा ४३, रतुवामाईमा २७, उर्लाबारीमा १५, लेटाङमा ७, बुढीगंगामा ४, पथरीशनिश्चरे र ग्रामथानमा ३-३, धनपालथान, जहदा, कटहरी, बेलबारी र स्थानीय तह नखुलेका २-२, सुनबर्षी, मिक्लाजुङ र केराबारीमा १-१, सुनसरीको धरानमा १२१, इटहरीमा ३९, दुहबी, बराहक्षेत्र र रामधुनीमा ५-५, गढी, इनरुवा र स्थानीय तह नखुलेका ४-४, देवानगञ्ज र बर्जूमा ३-३, भोक्राहा १, झापाको मेचीनगरमा ४०, हल्दिबारीमा १५, दमकमा १४, भद्रपुर र बिर्तामोडमा ४-४, अर्जुनधारा र स्थानीय तह नखुलेका २-२, बुद्धशान्ति, गौरीगञ्ज, गौरादह, कनकाई र कमल गाउँपालिकामा १-१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरि सङ्खुवासभाको खाँदबारीमा ३२, चिचिला र स्थानीय तह नखुलेका २-२ र चैनपुरमा १, तेह्रथुमको म्याङ्लुङमा ३०, आठराई र स्थानीय तह नखुलेका १-१, धनकुटाको छथरमा १६, धनकुटा नगरपालिकामा २, महालक्ष्मी, चौवीसे र साँघुरीगढीमा १-१ र स्थानीय तह नखुलेका ३, पाँचथरको मिक्लाजुङमा १६, तुम्मेवामा ४ र फिदिममा १, ताप्लेजुङको फुङलिङमा १४, सिदिङ्वा, मिक्वाखोलामा १-१, स्थानीय तह नखुलेका २, , इलामको इलाम नगरपालिकामा ९, सुर्योदय र चुलाचुलीमा १-१, भोजपुरको पौवादुङ्मा ३, भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १-१, उदयपुरको बेलकामा २, त्रियुगा र स्थानीय तह नखुलेका १-१, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५४ हजार ९२८ पुगेको छ। सङ्क्रमित भएका मध्ये ३३ हजार ७४७ जना सङ्क्रमणमुक्त भएका छन् । आज ५२९ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ३५१ पुगेको छ । प्रदेश १ मा आज २ हजार २१५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३७७ महिला र ४८८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर